ट्रेंडिंग:

>> कोसी र मधेसको पूर्वी क्षेत्रमा शीतलहर, पूरै तराईमा हुस्सु र कुहिरो >> दाङमा ३९ हजार बढी किशोरीलाई एचपिभी खोप लगाइँदै >> लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ पि ले मानव सेवाआश्रमलाई २ करोड बढी सहयोग गर्ने >> एनआरएनए स्वीडेनद्वारा अटिजम केयर सेन्टरलाई आर्थिक सहयोग >> अक्सफोर्डमा विद्यार्थीले पस्के सात देशका खानाका परिकार >> सेण्ट जेभियर्स कलेजद्वारा सांस्कृतिक सम्पदाको संरक्षण र नैतिकताको प्रवद्र्धनका लागि वाकथन   >> असमानता बिरुद्ध कपिलबस्तुमा बृहत रयाली र ज्ञापन >> सुरुङ्गमार्ग समयमै सम्पन्न हुन्छ : प्रम ओली >> रबि लामिछाने माथीकाे छुनछेक बहस सुरू >> पहिलो पटक आँखाबाट निकालियो ब्रेन ट्युमर >> एनसेल फाउन्डेसनः समाजको माझ सधैं सँगै >> विष्णु पौडेलको ‘ड्रिम प्रोजेक्ट’ सिद्धबाबा सुरुङ यसरी भयो साकार >>   घमण्डको अति दम्भले हुन्छ विनास       >> युगानुकुल बनाउ नयाँ शिक्षा ऐन >> पर्यटन मन्त्रीलाई बँधिया भाले >> चौपाया छाड्नेलाई सात हजार जरिवाना >> बुटवलका मासु पसलमा अब बधशालाको मासु >> १९ वर्षमुनिको महिला विश्वकप प्लेअफमा नेपालले आज मलेसियासँग खेल्दै >> पश्चिमी भूभागमा न्यून चापीय प्रणालीको प्रभाव, कस्तो रहला आजको मौसम ? >> भूमि समस्या समाधान अभियान बाणगंगाबाट सुरु हुने >> माघ १५ देखि गुञ्जिंदै बढैयाताल >> दाङमा मिटरब्याज पीडितले गरे प्रदर्शन  >> अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा मदरसाका विद्यार्थीहरुलाई स्वीटर वितरण >> दक्ष प्रशिक्षक उत्पादन गर्न घोराहीमा एन्फा कम्युनिटी कोचिङ कोर्स सुरु >> सामाजिक सञ्जाल नियमनको कानुन अहिलेकै सदनबाट पास हुन्छः सञ्चारमन्त्री गुरुङ >> मुद्रण नीति परिमार्जन गर्न उद्योगीहरुको आग्रह >> फुडमाण्डुको सेवा अब बुटवलमा >> नेप्से परिसूचक दोहोरो अंकमा घट्दा कारोबारमा पनि भारी गिरावट >> मानव बेचबिखनमा संलग्न पौडेल ओमानमा इन्टरपोलको सहयोगमा पक्राउ >> समाजलाई अगाडि बढाउन संस्कृतिको महत्वपूर्ण भूमिका रहन्छः उपप्रधानमन्त्री सिंह >> स्याङ्जामा भेटिएको बम नेपाली सेनाले डिस्पोज गर्यो >> अमेरिकाको लस एन्जलसको जङ्गलमा फेरी आगो फैलिँदै, १९ हजारलाई सुरक्षित स्थानमा सारियो >> भैरहवा विमानस्थलमा अब ८०० मिटरको भिजिबिलिटीमा पनि जहाज अवतरण गर्न सकिने >> प्रेस चौतारी नेपाल डडेल्धुराको अध्यक्षमा लक्ष्मीकुमारी  >> रवि लामिछानेको अदालतमा थुनछेक बहस जारी >> त्रिवि केन्द्रीय क्याम्पसको प्रिन्सिपलको लागि दुई जनाको मात्र आवेदन >> चितवन राष्ट्रिय निकुञ्जबाट हिउँचितुवाको आखेटोपहारसहित दुई जना पक्राउ >>  मेडिकल काउन्सिलको लाइसेन्स परीक्षामा ६८ प्रतिशत फेल >> माओवादी सरकार ढाल्न लागेको छैनः प्रचण्ड >> सगरमाथा यात्रा दस्तुरमा वृद्धि, विदेशीसँग अब थप ४ हजार डलर तिर्नुपर्ने >> अमेरिकामा हिम आँधीका कारण १० जनाको मृत्यु >> भीम रावलको पक्षमा लागेको भन्दै अछामका ६ जना एमालेबाट निष्कासित >> जनता र विकासलाई केन्द्रबिन्दुमा राखेर काम गर्न राष्ट्रपतिको आग्रह >> सुन चाँदीको भाउ घट्यो >> २६ लाख राशीको सभापति कप फुटबल प्रतियोगिता आजबाट >> रबि लामिछाने पुगे रूपन्देही अदालत, केही बेरमा थुनछेक बहस हुने >> लुम्बिनीका गाउँगाउँमा अब प्रहरी पुग्ने >> कपिलवस्तु जेसिजका लागि ३ जनाको प्रतिस्पर्धा >> रामग्राम स्तुपदेखि लुम्बिनीसम्मको निःशुल्क धम्मयात्रा >> सरकारलाई सिमेन्टमा भएको मूल्यवृद्धि तत्काल नियन्त्रण गर्न निर्देशन
कर्णालीमा जनयुद्ध दिवस

माओवादीले नेतृत्व गरेका पालिकामा विदा, अन्यमा कार्यालय सञ्चालन

१ फाल्गुन २०८०, मंगलवार
१ फाल्गुन २०८०, मंगलवार

सुर्खेत, १ फागुन ।

गत पुस १३ गते सर्वोच्च अदालतले ‘जनयुद्ध दिवस’ मा बिदा दिने संघीय सरकारको निर्णय खारेज गरेको थियो । तर नेकपा (माओवादी केन्द्र) बाट निर्वाचित जनप्रतिनिधिले नेतृत्व गरेका अधिकांश पालिकामा सार्वजनिक विदा गरियो । कर्णालीका अधिकांश गाउँ तथा नगरपालिका प्रमुखहरूले आज सार्वजनिक विदा दिए । विदा मात्र होइन उनीहरुले धुमधाम कार्यक्रमको पनि आयोजना गरेर मनाए ।

माओवादी सशस्त्र विद्रोह शुरू भएको दिनलाई ‘जनयुद्ध दिवस’ का रूपमा मनाउने सार्वजनिक बिदा दिने र पर्वका रुपमा नै मनाउँदै आएका कर्णालीमा यस वर्ष पनि विविध कार्यक्रमको आयोजना गरी मनाएका छन् । कर्णालीलाई जनयुद्धको आधार इलाका मानिन्छ त्यसैले पनि यहाँ अन्य प्रदेश भन्दा जनयुद्ध दिवसलाई पर्वका रुपमा नै मनाउने गरेका छन् ।

सर्वोच्च अदालतले जनयुद्ध दिवसलाई राष्ट्रिय पर्व मनाउने र सार्वजनिक बिदा दिने सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । यस्तै गृह मन्त्रालयले पनि सार्वजनिक बिदा नरहेको बताइसकेको छ । तर, माओवादी केन्द्रबााट निर्वाचित पालिका प्रमुख भएका स्थानीय तहहरुमा भने जनयुद्ध दिवस धुमधामले मनाए ।

कर्णालीका पालिका तथा वडाहरूमा अधिकांशले सार्वजनिक बिदा नै दिएका छन् भने केहीले विभिन्न कार्यक्रम गरी मनाए पनि बिदा भने दिएका छैनन् ।

कालिकोटका चारवटा स्थानीय तहले जनयुद्ध दिवस मनाउने निर्णय गरेका छन् । पलाँता, पचाल झरना रास्कोट नगरपालिकाले भने बिदा नदिने तर जनयुद्ध दिवस विभिन्न कार्यक्रम गरी मनाउने भनेको छ ।

जनयुद्धको आधार भूमि रुकुम पश्चिमका पाँच वटा पालिकाहरूले सार्वजनिक बिदा नै दिएर जनयुद्ध दिवस मनाएका छन् । आठबीसकोट नगरपालिका, बाँफिकोट गाउँपालिका, चौरजहारी नगरपालिका, सानोभेरी गाउँपालिका, त्रिवेणी गाउँपालिकाले जनयुद्ध दिवस मनाउन सार्वजनिक विदा दिएका छन् ।

यस्तै हुम्लाको सिमिकोट र ताँजाकोट गाउँपालिका, डोल्पाको मुड्के चुल्ला गाउँपालिका, जाजरकोटको नलगाड नगरपालिका र सल्यानको दार्मा गाउँपालिकाले पनि आज सार्वजनिक बिदा दिएका छन् ।

यस्तै मुगुको खत्याड गाउँपालिकाले पनि बिदा दिएको छ । यस्तै सल्यानको कुमाख गाउँपालिकाका केही वडाहरुले बिदा दिएका छन् । सार्वजनिक बिदा दिने अधिकांश पालिकाहरू नेकपा माओवादी केन्द्रले नेतृत्व गरिरहेका पालिकाहरू रहेका छन् ।

कालिकोटको पचालझरना गाउँपालिकाका अध्यक्ष देवाराज शाहीले आज धुमधामका साथै कार्यक्रम गरेर जनयुद्ध दिवस मनाएको बताए । ‘आज हाम्रो पालिकाले जनयुद्ध दिवसको अवसरमा विदा दिएको छ’ शाहीले भने, ‘यहाँ दिवसको अवसरमा ठूलो कार्यक्रमको आयोजना भएको छ अहिले म कार्यक्रममा छु ।’

यता पश्चिम रुकुमको चौरजहारी नगरपालिकाका प्रमुख पुष्पबादीले जनयुद्धको आधारभुमीका रुपमा चिनिने ठाउँमा कार्यक्रमहरुको आयोजना गरी मनाएको बताए । ‘कार्यक्रम चाही पार्टीले आयोजना गरेका हुन् पालिकाभरी हामीले सार्वजनिक विदा दियौ’ उनले भने, ‘भर्खरै कार्यक्रम सकेर बैठकमा आएर बसेको छु ।’ चौरजहारी नगरपालिकासँगै रुकुमका अन्य पालिकाहरुले पनि सार्वजनिक विदा दिएको उनले बताए । अदालतको आदेशलाई किन मान्नुभएन भन्दा उनी भन्छन् ‘हामीले अदालतलाई सम्मान गर्छौ, पालिकाले पनि सार्वजनिक विदा दिन मिल्छ सोही बमोजिम विदा दिएका हौ ।’

यता माओवादी केन्द्रका प्रदेश अध्यक्ष विमला केसीले कर्णालीका वडादेखि गाउँसम्म सबैतिर विभिन्न कार्यक्रमहरू गरेर जनयुद्ध दिवस मनाएको बताउँछिन् । उनले अदालतले आदेश गरेता पनि व्यापक र नयाँ ढंगबाट कार्यक्रमहरुको आयोजना गरेर दिवस मनाउने बताइन् । ‘अदालतले यसमा हात हाल्न हुन्थेन’ उनी भन्छिन्, ‘जनताले नै युद्ध प्रारम्भ गरेको दिन यसबाट उपलब्ध अधिकारलाई मान्ने तर, दिवस मान्दिन भन्नु आमालाई नै त्याग्नु सरह हो ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?