© २०२३
बुटवल, १ फागुन । रुपन्देहीमा जारी नवौं मणिमुकुन्द कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा लिग चरणबाट अंक तालिकाको आधारमा ३ विभागिय टिमसहित गण्डकी प्रदेश अन्तिम चारमा स्थान बनाएका छन । मंगलबार भएको पहिलो चरणको खेलहरुमा बिभागीय टिम नेपाल पुलिस क्लब, शशस्त्र प्रहरीको एपिएफ, त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेश दुई समुहमा विजेता र उपविजेता बन्दै सेमिफाईनलको यात्रा तय गरेका हुन ।
प्रदेश खेलकुद परिषद लुम्बिनीको प्रर्वद्धक तथा मुख्य प्रायोजनमा मणिमुकुन्द भलिबल क्लबको आयोजनामा मंगलबार भएको पहिलो खेलमा नेपाल पुलिस क्लब कोशी प्रदेशलाई २५–१७, २५–१३, २५–१५ को सोझो सेटमा पाखा लगाउदै नेपाल पुलिस क्लब समुह विजेताका रुपमा अन्तिम चारमा प्रवेश गरेको हो । खेलमा नेपाल पुलिस क्लबका पहल गहतराज म्यान अफ द म्याचबाट पुरस्कृत भए ।
दोस्रो खेलमा एपिएफले बागमती प्रदेशलाई २५– १८, १८–२५, २५–१९, २५–१९ अंकसहित जित निकालेको हो । खेलमा एपिएफ क्लबका लोकेन्द्र गिरी म्यान अफ द म्याचबाट पुरस्कृत भए ।
तेस्रो खेलमा त्रिभुवन आर्मी क्लबले सुदुरपश्चिम प्रदेशलाई २५–१५, २५–१९, २५–१९ को सोझो सेटमा पराजित गरेको छ । खेलमा त्रिभुवन आर्मीका हरि अधिकारी म्यान अफ दी म्याचबाट पुरस्कृत भए ।
चौंथो खेलमा गण्डकी प्रदेशले लुम्बिनी प्रदेशलाई २५–१७, २५–१८, २५–२२ अंकसहित सोझो सेटमा जित निकाल्दै सेमिफाईनल प्रवेश गरेको छ । खेलमा गण्डकीका बिश्वास अधिकारी म्यान अफद म्याचबाट पुरस्कृत भए ।