© २०२३
बुटवल, १ फागुन । बुटवलमा जारी १७ औ मनमोहन स्मृति वडा स्तरिय नकआउट फुटबल प्रतियोगितामा वडा नं ७ फाईनलमा पुग्दै उपाधि दाबेदारी पेश गरेको छ । बुटवल उपमहानगरपालिकाको संरक्षकत्व र राष्ट्रिय युवा संघ नेपाल बुटवल उपमहानगर कमिटिको आयोजनामा मंगलबार भएको पहिलो सेमीफाईनल खेलमा वडा नं ८ लाई ३–० गोल अन्तरले पराजित गर्दै वडा नं ७ फाईनलमा स्थान बनाएको हो ।
सिद्घेश्वरी खेलमैदानमा पहिलो हाफ निक्कै प्रतिस्प्रर्धात्मक भएको थियो । खेलमा ६० औ मिनेटमा वडा नं ७ को मोहन थापाले गोल गर्दै खेलमा टिमलाई अग्रता दिलाए । यसैगरि खेलको ७२ औ र ७७ औ मिनेटमा आशिष राना र अनुप गुरुङले गोल गर्दै टिमको जित सुनिश्चित गरे । खेलमा वडा नं ७ का विशेष राना म्यान अफ दी म्याचबाट पुरस्कृत भए ।
बुधबार दोस्रो सेमीफाईनल खेलमा वडा नं ६ ले वडा नं १७ ले प्रतिस्प्रर्धा गर्ने राष्ट्रिय युवा संघ नेपाल बुटवल उपमहानगर कमिटिका सचिव राजेन्द्र थापाले बताए । प्रतियोगितामा बुटवल उपमहानगरका १८ वडाका टिमले भाग लिएका छन ।