© २०२३
बुटवल, २९ माघ । रुपन्देहीमा जारी नवौं मणिमुकुन्द कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा विभागिय टिमहरु नेपाल पुलिस क्लब, शसस्त्र प्रहरीको एपिएफसंगै लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेश विजयी हुदै छनौट भएका छन । प्रतियोगिताको समुह ए बाट नेपाल पुलिस र सुदुरपश्चिम तथा समुह बि बाट एपिएफ र लुम्बिनी प्रदेशले लिग कम नकआउट चरण अन्तरगत सोमबारको खेलमा जित निकाल्दै छनौट हुन सफल भएका हुन ।
पहिलो खेलमा सुदूरपश्चिम प्रदेशले मधेश प्रदेशलाई २५–१३, २५–१२, २५–१८ को सोझो सेटमा पराजित गरेको हो । योसंगै मधेश प्रदेश प्रतियोगिताबाट बाहीरिएको छ । प्रतियोगितामा सुदूरपश्चिमका बेद प्रकाश जोशी म्यान अफ द म्याचबाट पुरस्कृत भए ।
दोस्रो खेलमा लुम्बिनी प्रदेशले कणाली प्रदेशलाई पराजित गरेको हो । लुम्बिनीले लगातार दुई सेट २५–२०, २५–२० अंकसहित जित निकाल्दै खेलमा अग्रता लिएको थियो । तेस्रो सेटमा कर्णालीले २५–२३ ले जित निकाल्दै खेलमा फर्कियो । बेष्ट अफ फाईभमा खेलाईएको खेलको चौथो सेटमा लुम्बिनीले २५–२१ अंकमा जित निकाल्दै खेल आफनो पोल्टामा पारेको थियो । यो हारसँगै कर्णाली प्रदेश प्रतियोगिताबाट बाहिरिएको छ । खेलमा लुम्बिनी प्रदेशका संगम श्रीष म्यान अफद म्याचबाट पुरस्कृत भए ।
तेस्रो खेलमा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबमाथि जित निकालेको छ । प्रहरीले २५–२०, २५–२०, २५–२१ अंकसहित ३–० को सेटमा जित निकालेको हो । नेपाल पुलिस क्लबका बलराम गुरुङ म्यान अफ द म्याचबाट पुरस्कृत भए । चौथो खेल एपिएफ क्लबले गण्डकी प्रदेशलाई २५–१५, २५–२१, २५–१९ अंकको साथ ३–० सोझो सेटमा पराजित गरेको छ । एपिएफ क्लबका रुपेन्द्र नेपाली म्यान अफ द म्याच हुनबाट पुरस्कृत भए ।