ट्रेंडिंग:

>> आगलागी पीडित आहातमाः राहात पालिकाको खातामा >> अमेरिकामा हुने त्रिदेशीय श्रृङ्खलाको खेल तालिका सार्वजनिक >> एमाले सचिवालय बैठक बस्दै : वार्षिक कार्ययोजनाबारे छलफल हुने >> किसान बचाउने मोडेलको सिको गरौं >> गाउँको उत्पादन बजारीकरण गर्दै बेल्बासे >> सिक्टा सिंचाइः किसानलाई देखाउने दाँत >> तस्करले छाडेनन तुरियाखोला >> होटल ब्यवसायी, क्याटरिङ, उद्योग संघ र ब्यापार संघ अन्तिम चारमा >> आजको मौसमः तीन प्रदेशमा धेरै भारी वर्षाको सम्भावना >> न्यायलयले न्याय मारेर घुस लिएको भन्दै नाराबाजी >> नवलपुरमा दसैँ मेला लाग्ने >> लुम्बिनीमा पारित भयो स्थानीय सेवाको गठन सम्वन्धी विधेयक >> ३ बर्षे रणनीति बनाउन चेम्बर लुम्बिनी को सिङ्गो टिम पाल्पामा >> प्रेस चौतारीका अध्यक्ष बस्नेतलाई पक्राउ गर्न खोजेपछि महासंघको विरोध >> भारतीय कम्युनिष्ट पार्टीका महासचिव यचुरीको निधन >> प्रधानमन्त्री ओली र मन्त्रीहरुबीच कार्यसम्पादन सम्झौता >> समायोजन जटिलता देखिएका स्वास्थ्य कर्मचारीको व्यवस्थापन कार्यविधि स्वीकृत >> दयाहाङ र आँचल स्टारर फिल्म ‘दुखी आत्मा’ को सुटिङ सुरु >> नेप्सेमा ७८ अंकको वृद्धि, ८ अर्बको कारोबार >> एमालेको बहुमत नहुँदासम्म चाहेजस्तो विकास हुन सक्दैन : लिला गिरी >> नीजि क्षेत्रलाई अख्तियारको दायरामा ल्याउने विषयमा सैद्धान्तिक रुपले स्पष्ट हुन जरुरी- गृहमन्त्री लेखक >> युएनडिपीको कार्यक्रमलाई नतिजामुखी बनाउनुपर्छ : मन्त्री शाह >> सुरक्षा उपकरण बिगारेको भन्दै त्रिभुवन विमानस्थलमा यात्रुको बिदाईमा खादा, मालामा प्रतिबन्ध >> कांग्रेसको साहित्य, कला तथा संस्कृति विभागमा १० सदस्य मनोनीत >> चीनका लागि जासुसी गर्ने पूर्व सीआईए अधिकृतलाई १० वर्षको जेल सजाय >> बुटवल–गोरुसिङ्गे सडक बिस्तार दसैं तिहार पछाडि थालिने >> कोशीमा संसदीय समिति सभापतिको निर्वाचन, तीन दलबीच भागबण्डा >> प्रधानमन्त्री ओलीले देउवालाई जन्मदिनको अवसरमा दोसल्ला ओढाएर दिए शुभकामना >> इन्जिनियर्स एसोसिएसनको चुनावः लुम्बिनीमा यस्ता छन् प्रगतिशिल उम्मेदवारका एजेण्डा >> संबैधानिक निकायका सबै रिक्त पदमा छिटो सिफारिस गर्न प्रचण्डको सुझाव >> प्रधानमन्त्रीले मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता गर्दै >> प्रधानमन्त्री ओलीसँग देउवा र प्रचण्डको भेटवार्ता >> निश्चल बस्नेतले नयाँ फिल्म ‘डेनी डेन्जरस’ निर्देशन गर्ने >> निगमको वाइड बडी जहाज सी चेकपछि दुई महिनापछि फर्कियो >> इरानले रुसलाई मिसाइल दिएपछि थप युद्धको डर >> मन्त्रिपरिषद्को बैठक आज बस्दै >> पालिका र जिल्ला केन्द्रित आन्दोलन गर्ने नेकपा बहुमतको घोषणा >> चार्जिङ स्टेशन बाट ११ लाख आम्दानी >> व्यवसायिक र सृजनशील प्रशासनः विकास, समृद्धि र सुशासन >> ४२ जिल्लाका ६१ ठाउँमा सहुलियत पसल सञ्चालन हुने >> विद्यालयको सामाजिक परिक्षणको दुरावस्था >> वन पैदावारबाट ७१ लाख राजस्व >> राजस्व मिलाउन लसुन तस्करको दौडधुप >> तरकारी बेच्न किसानलाई हाईसन्चो >> यातायात समिति नवीकरण नगर्ने निर्णय सर्वोच्चद्वारा बदर >> माैसम पूर्वानुमान : लुम्बिनी र सुदूरपश्चिममा अति भारी वर्षाको सम्भावना >> एनसेलद्वारा ठाकुरापुर कपिलवस्तुमा निःशुल्क स्वास्थ्य शिविर >> जिल्ला स्तरीय किड्स टिन्स एण्ड खुला भुपुसैनिक ब्याडमिन्टन हुने >> मेरो कार्यकालभरि एनईएकै कार्यालयमा हुन्छु– जयलाल मरासीनी >> गोर्खा राइफल फिलौरा परिवार बुटवलले युद्ध सम्मान दिवस मनायो

रुसी सेनामा भर्ती भएका १०४ नेपालीको उद्धार गर्न माग

२७ माघ २०८०, शनिबार
२७ माघ २०८०, शनिबार

बुटवल,२७ माघ । रुसी सेनामा भर्ना भएका नेपाली नागरिकको आफन्तले उद्धारका लागि आग्रह गरेका छन् ।
परराष्ट्र मन्त्रालयको पछिल्लो जानकारीअनुसार रुसी सेनामा भर्ना भएकामध्ये हालसम्म १२ नेपालीको मृत्यु भएको छ भने पाँच जना युक्रेनी सेनाको कब्जामा रहेका छन् ।

यसै गरी कन्सुलर सेवा विभागमा करिब एक सय ४० जनाका परिवारका सदस्यले उद्धारका लागि आवेदन दिएका छन् । यसबाहेक के कति सङ्ख्यामा नेपाली नागरिक रुसी सेनामा भर्ना भएका छन् तथा युद्धका क्रममा कति घाइते भए वा हराए भन्ने यथार्थ विवरण छैन ।

मन्त्रालयले हालसम्म गोरखाका सन्दिप थपलिया, कपिलवस्तुका रुपक कार्की, कास्कीका देवान राई, स्याङ्जाका पितम कार्की, दोलखाका राजकुमार रोका, इलामका गङ्गाराज मोक्तान, कुन्दन सिंह नागल, स्याङ्जाका हरिप्रसाद अर्याल, कैलालीका भरबहादुर शाह र धादिङका राजकुमार गिरीको रुसी सेनामा कार्यरत रहँदा निधन भएको जानकारी प्राप्त भएको मन्त्रालयले जनाएको छ ।

यसै गरी रुस सरकारबाट आधिकारिक जानकारी प्राप्त नभए पनि पछिल्लो समय थप दुई नेपालीको मृत्यु भएको सम्बन्धमा परिवारजनले मन्त्रालयमा जानकारी गराएका छन् ।

त्यस्तै रुसी सेनामा कार्यरत अवस्थामा बर्दियाका विवेक खत्री, काभ्रेपलाञ्चोकका सिद्धार्थ ढकाल, मोरङका विकास राई र रोल्पाका प्रतिक पुनलाई युक्रेनी सेनाले बन्दी बनाएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । रुसी सेनामा कार्यरत थप एक नेपाली नागरिक युक्रेनी सेनाको कब्जामा परेको सूचना आएको मन्त्रालयले जनाएको छ ।

रुसी सेनामा भर्ना हुन जाने नेपाली अधिकांश भ्रमण भिसामार्फत खाडीका मुलुकबाट त्यहाँ गएका पाइएको छ । मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले नेपाल सरकारले रुस सरकारलाई मृतकको शव यथाशीघ्र नेपाल पठाउन तथा पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन अनुरोध गरिएको जानकारी दिए । साथै उहाँले बन्दी बनाइएका नेपालीको शीघ्र रिहाइ गरी नेपाल फिर्ता पठाउन युक्रेनी सरकारलाई कूटनीतिक माध्यमबाट अनुरोध गरिएको बताए ।

मन्त्रालयले नेपालीलाई रुसी सेनामा भर्ना नगर्न र कुनै नेपालीलाई भर्ना गरेको भए त्यस्ता नागरिकलाई तत्काल नेपाल फर्काउनसमेत रुस सरकारलाई अनुरोध गरेको छ । गत महिना युगाण्डाको कम्पालामा सम्पन्न ‘नाम’ सम्मेलनमा भेट भएका रुसका सहायक विदेश मन्त्रीसँग नेपाल सरकारका प्रतिनिधिले रुसी सेनामा नेपालीलाई भर्ना रोक्न र स्वदेश फर्काउनका लागि कुरा गरेको मन्त्रालयले जनाएको छ ।

नेपाली युवा रुसी सेनामा भर्ना भएका भन्ने सूचना सार्वजनिक भएपछि मन्त्रालयले गत साउन १६ गते पहिलो पटक प्रेस विज्ञप्तिमार्फत परम्परागत रुपमा रहेको सम्झौताअन्तर्गत केही मित्र राष्ट्रको राष्ट्रिय सेनामा नेपाली नागरिक भर्ना हुँदै आएकामा बाहेक अन्य विदेशी सेनामा नेपाली नागरिक भर्ना हुन अनुमति दिने सरकारको नीति नरहेको स्पष्ट पारेको थियो ।

त्यसैगरी मन्त्रालयले सरकारी कामकाज, रुस सरकारको छात्रवृत्ति तथा पेसा व्यवसायमा संलग्न भएकालाई बाहेक अन्य सर्वसाधारण नागरिकलाई रुस यात्रा गर्नुपरेमा परराष्ट्र मन्त्रालयअन्तर्गतको कन्सुलर सेवा विभागबाट जारी गरिने ‘नो अब्जेक्सन लेटर’ एनओसी लिएर मात्र यात्रा गर्न अपिल गरेको छ । कसैको प्रलोभनमा परी वा गलत सूचनाको आधारमा युद्धग्रस्त मुलुकको सेनामा भर्ना नहुन मन्त्रालयले अनुरोध गरेको छ ।

उपरोक्त व्यवस्थालाई विस्तार गरी हाल भारत, बङ्गलादेश, श्रीलङ्का, संयुक्त अरब इमिरेट्स, साउदी अरब, कुवेत, कतार, ओमान र बहराइनबाट समेत रुस यात्रा गर्नुपरेमा तत् तत् देशमा रहेका नेपाली राजदूतावास तथा महावाणिज्य दूतावासहरुबाट जारी गरिने ‘एनओसी’ लिएर मात्र यात्रा गर्न मन्त्रालयले अपिल गरेको छ ।

नेपाल सरकारले रुसी सेनामा भर्ना भएका नेपाली नागरिकको सङ्ख्या, घाइते नेपालीको सङ्ख्या तथा उनीहरुको अवस्थाका बारेमा रुस सरकारबाट आधिकारिक रुपमा यथाशीघ्र जानकारी गराउन स्पष्ट अडान राखे पनि हालसम्म यस सम्बन्धमा यकिन तथ्याङ्क प्राप्त हुन सकेको छैन । हाल परराष्ट्रमन्त्री एन पी साउद अष्ट्रेलिया र न्यूजिल्याण्डको भ्रमणमा रहनुभएको र उहाँ स्वदेश फर्केलगत्तै यस विषयमा कार्यक्रम गर्ने योजना रहेको प्रवक्ता राईले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?