ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक

विद्यालयमा विद्यार्थीसँग वडाअध्यक्ष कार्यक्रम

२६ माघ २०८०, शुक्रबार
२६ माघ २०८०, शुक्रबार

पार्वती थारु

तिलोत्तमा, २६ माघ ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. १३ मा विद्यार्थीसँग वडा अध्यक्ष कार्यक्रम सम्पन्न भएको छ ।

तिलोत्तमा वडा नं. १३ मा रहेको श्री सेमरी आधारभुत विद्यालयमा कार्यक्रम गरिएको थियो । समुन्नत, सुरक्षित र वातावरणमैत्री सुन्दर सहर सुशासनयुक्त पर्यटकीय र समृद्ध तिलोत्तमा नगर भन्ने मूल नारासहित विद्यार्थीसगँ वडा अध्यक्ष कार्यक्रम गरिएको हो । कार्यक्रममा श्री सेमरी आधारभुत विद्यालयमा अध्ययरत विद्यार्थीहरुले पाठ्यपुस्तक, पुस्तकालय लगायत खेल्ने शैक्षिक सामग्रीको आवश्यकता रहेको बताएका थिए ।

यस्तै कक्षाकोठाको उचित व्यवस्थापन गरिदिनका लागि वडा अध्यक्षसँग माग गरेका थिए । विद्यार्थीहरुको मागलाई सम्बोधन गर्दै तिलोत्तमा नगरपालिका वडा नं. १३ का वडाअध्यक्ष नारायण ढकालले विद्यार्थीलाई आवश्यक पर्नै शैक्षिक सामग्रीका लागि रु २५ हजार वडाबाट दिने घोषणा गरेका छन् ।

उनले विद्यार्थीको गुणस्तरीय शिक्षाका लागि वडाले प्रत्येक विद्यालयमा अनुगमन, रेखदेख र नियमन गर्ने गरेको बताए । विद्यालयका प्रध्यानाध्यापक गोविन्द प्रसाद उपाध्ययले श्री सेमरी आधारभुत विद्यालयमा भौतिक अवस्था सुधारको आवश्यकता रहेको बताउँदै छिटो भन्दा छिटो सुधार गरिदिन वडाअध्यक्षसँग माग गरे । उनले विद्यार्थीका लागि किताव र शैक्षिक सामग्रीका लागि वडाले दिने सहयोगले शिक्षण गर्न सहज हुने बताए ।

तिलोत्तमा नगरपालिका वडा नं. १३ बालमैत्री समितिको आयोजनामा सम्पन्न भएको कार्यक्रममा समितिका प्रतिनिधि, सचिव, सदस्य, विद्यालयका प्राचार्य, शिक्षकशिक्षिका तथा वालविकासदेखि कक्षा ५ सम्मका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?