© २०२३
अर्घाखाँची ।
वैदिक सनातन धर्मसेवा समाज अर्घाखाँचीको प्रथम साधारण सभा तथा अधिवेशन जिल्लाको पाणिनी ५ मैदानमा सम्पन्न भएको छ । साधारणसभाको उदघाटन बाबा योगीराजले गरेका थिए ।
कार्यक्रममा बोल्ने वक्ताहरुले वैदिक सनातन परम्पराको महत्वमाथि प्रकाश पार्दै अहिलेको समयमा वैदिक सनातन धर्मावलम्बीहरु सशक्त ढङ्गले लाग्नुपर्नेमा विशेष जोड समेत दिएका थिए । कार्यक्रममा सस्थाका आजीवन सदस्यहरुलाइ प्रमाणपत्रद्वारा सम्मान गरिएको थियो । कार्यक्रममा उपस्थित जनहरुलाइ पाणिनी–४ को भजन समूहले निकै रोचक र आकर्षक भजन प्रस्तुत गर्दै मनोरञ्जन समेत प्रदान गरेका थिए ।
सम्पन्न अधिवेशनले चन्द्रमणि घिमिरेको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा डिल्लिराज बेल्बासे र बिष्णुप्रसाद घिमिरे, महासचिवमा अनन्तप्रसाद घिमिरे, सचिबमा भास्कर पौडेल, सहसचिवमा रामकला घिमिरे र कोषाध्यक्षमा टेकनारायण गैरे चयन भएका छन् । त्यसैगरी सदस्यहरूमा माधव बेल्बासे, हिमलाल पौडेल, गोमा बेल्बासे, चेतनारायण घिमिरे, कृष्णप्रसाद गैरे, तुलसा घिमिरे चयन भएका छन् ।