Butwal Today

२८ वर्षीय सालिया खातुन एक सातादेखि सम्पर्कबिहीन

२३ माघ २०८०, मंगलवार
अ+
अ-

भैरहवा, २३ माघ ।

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ६ की एक महिला विगत एक सातादेखि सम्पर्कबिहीन भएकी छन् । २८ वर्षीय सालिया खातुन गत माघ १४ देखि सम्पर्कबिहीन रहेको उनका पति सलमान सिद्दिकीले बताए ।

सलमानले भने, ‘मेरो श्रीमती माघ १४ गते दिउँसो १२ बजे सिद्धार्थनगर नगरपालिका–६ स्थित माइती पुगेकी थिइन् । माइती पुगेको केही समयपछि आफूसँग रहेको झोला छोडेर उनी सम्पर्कबिहीन भएकी हुन् ।’ सालिया कुर्ता सलवार लगाएर घरबाट निस्किएको उनले जानकारी दिए । उनको खोजीका लागि परिवारले अपिल गरेका छन् ।

सालियालाई भेटाउनुहुने जोकोहीले नजिकैको प्रहरी कार्यालय वा मोबाइल नम्बर ९८२१३५४५५० मा सम्पर्क गर्न सलमानले आग्रह गरे ।

यो दम्पतीले सिद्धार्थनगर नगरपालिका–३ स्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज (युसीएमएस) नजिकै बिरयानी पसल सञ्चालन गर्दै आएका थिए ।