© २०२३
बुटवल, २३ माघ ।
बुटवलमा भित्रिने पर्यटकहरुलाई लक्षित गरी सुमेरु दर्शन तन्दुरी भोजनालय एण्ड लज नयाँ ब्यवस्थापनमा संचालनमा आएको छ । ब्यस्त नेपालगञ्ज रोडमा दुई जना युवा उद्यमीहरुले सुमेरु दर्शनलाई नयाँ ब्यवस्थापनसहित संचालनमा ल्याएका हुन । यसअघि होटल सुमेरु चलाएका कृष्ण गैरेलाई रुपलाल पन्थीले साथ दिएका छन् । लामो समय सरकारी सेवा गरेका पन्थी पर्यटन क्षेत्रमा होमिएका हुन । ‘मेरो सोच अनुसार नै सुमेरी दर्शन नामाकरण गरेको हो’– उनले भने ।
करिब ४० लाख लगानीमा पाँच तले अत्याधुनिक भवनमा सेवा शुभारम्भ भएको छ । लजमा १८ वटा एटेच बाथरुम सहितको सुविधा सम्पन्न कोठाहरु छन् । बुटवलमा नयाँ ढंगबाट पर्यटन प्रवद्र्घन गर्ने गरी फेमिली, अफिसियल कोठाहरु नामाकरण गरिएको छ । लजमा ५० क्षमताको मिटिङ हलसहित तल्लो तलामा किचनसहितको ओपन रेष्टुरेन्ट छ । सामाजिक उत्तरदायित्व अन्तर्गत आफुहरुले लजमा आर्थिक समस्यामा परेका पर्यटकलाई न्युनतम मुल्यमा बासको ब्यवस्था गर्ने संचालक रुपलाल पन्थीले बताए । न्युनतम ५ सय रुपैयाँमा कमन रुमबाससहित चिया, नास्ताको ब्यवस्था होटलमा रहेको उनले बताए ।
लजमा शैक्षिक भ्रमणमा आउनेहरुलाई लक्षित गरी कमन कोठाको ब्यवस्था रहेको छ । भवनको रुफटफबाट पहाडको हरियाली सहित, बुटवल शहरको आकर्षक र मनोरम दृश्य देख्न सकिने छ । लजमा भारतीय साउथ ईण्डियन परिकार डोसाका साथै तन्दुरी, बिरायनी, नेपाली र थकाली खानाको परिकार सेवाग्राहीले पाउने उनले बताए । लजमा १३ जनाले रोजगार पाएका छन् ।