© २०२३
नवलपुर, २२ माघ ।
पुर्वी नवलपरासीको नवलपुर देवचुलीमा रहेको जनज्योती नमूना माध्यमिक विद्यालयमा अध्ययनरत अपाङ्गता भएकी बालिकालाई सोही विद्यालयका एक कर्मचारीले बलात्कार गरेका छन् ।
सोही विद्यालयको आया पदमा कार्यरत ५८ वर्षका रुक्मागत न्यौपानेले १३ वर्षकी बालिकालाई बलात्कार गरेको खुलेको हो ।
घटना दबाउनका लागि स्थानीयले पटक पटक पीडित पक्षका आफन्तहरुसँग छलफल गरे पनि कुरा नमिले पछि घटना प्रहरीसम्म पुगेको स्थानीयले बताएका छन् ।
बालिका बलात्कारको जाहेरी परेपछि प्रहरीले न्यौपानेलाई पक्राउ गरेको हो । बलिकामा सुनाइ सम्बन्धी अपाङ्गता भएको कारण उनी कान सुन्दिनन् ।
जिल्ला प्रहरी कार्यालयमा बालिकाको बुबाले जाहेरी दिएपछि न्यौपानेलाई पक्राउ गरी अनुसन्धानको लागि जिल्ला अदालत नवलपुरबाट म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय डिएसपी बेदबहादुर पौडेलले जानकारी दिए ।