© २०२३
भगवान गौतमबुद्धको अस्तीधातु रहेको नवलपरासीको ऐतिहासिक सम्पदा ‘रामग्राम स्तूप क्षेत्र’ ९९ बर्षका लागि निजी कम्पनीलाई लिजमा दिने सहमति गरेको कुरा सार्वजनिक भएसंगै अहिले सर्वत्र चासो र चिन्ता उत्पन्न भएको छ । बुद्धका अनुयायीमात्र होइन बौद्ध सम्पदा संरक्षणमा चासो दिदै आएकाहरूले समेत त्यस्तो सहमति भएको हो भने तत्काल सहमति खारेज गर्न माग गरेका छन । पश्चिम नवलपरासी जिल्लाका राजनीतिक दल र सरोकारवालाले जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएका छन् । लुम्बिनी विकास कोषको कार्यकारिणी समितिको गत असोज २१ गतेको बैठकबाट स्तूप क्षेत्रको उत्थान, संरक्षण र सम्वद्र्धनका लागि ‘प्रमिस्ड ल्याण्ड’ नामक एक निजी कम्पनीलाई लिजमा दिने सहमति गरेको समाचार बाहिरिएसंगै त्यसलाई बदर गर्न राजनीतिक दलसहित सरोकारवालाले दवाव बढाएका छन् । नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, रामग्राम स्तूप संरक्षण तथा पर्यटन विकास संस्था, संविधान सभा सदस्य, पूर्वराष्ट्रिय सभा सदस्य लगायतको प्रतिनिधि मण्डलले ज्ञापनपत्र बुझाउँदै सहमति बदर नभए आन्दोलन गर्ने चेतावनी दिएका छन् । रामग्राम क्षेत्र पुरातात्विक दृष्टिले अति महत्वपूर्ण क्षेत्रको संरक्षण, सम्वद्र्धन र विकास गर्ने जिम्मेवारी नेपाल सरकारकै हो । यस्तो महत्वपूर्ण सम्पदा क्षेत्रको जिम्मा नीजि क्षेत्रलाई दिनु गलत हो । रामग्राम स्तूपमा शान्तिका अग्रदुत गौतम बुद्धको अस्तुधातु रहेको छ । विश्वको एक मात्र सिंगो अस्तुधातु रहेको स्तूप क्षेत्रलाई निजी कम्पनीलाई लिजमा दिनु भनेको लुम्बिनी विकास कोषको गंभीर त्रुटी हो । सरकार यो गंभीर विषयमा बहिरो वनेको नाटक गर्नु लज्जास्पद हो । लुम्बिनी विकास कोषले यस्तो गल्ती नगरोस् ।
रामग्राम विश्व सम्पदा सूचीमा पहिले नै सूचिकृत हुनुपर्ने हो तर सरकारको बेवास्ताकै कारण रामग्राम ओझेलमा परेको छ । रामग्रामलाई विश्व सम्पदा सूचीमा सूचिकृत गर्नेतर्फ पहल गर्नुपर्नेमा उल्टो नीजि कम्पनीलाई सम्पदा क्षेत्रको जिम्मा लगाउने प्रयास हुनु नेपालीका लागि किमार्थ स्वीकार्य हुँदैन । यद्यपि भगवान गौतमबुद्धको अस्तु धातु रहेको रामग्राम स्तुप नीजि कम्पनीलाई ९९ बर्षका लागि दिने सम्झौता नै नभएको लुम्बिनी विकास कोषको दावी छ । सम्पदा क्षेत्रमा १२० बिघा जग्गा छ । रामग्राम स्तुप अहिलेपनि लुम्बिनी विकास कोषको मातहतमा रहेको छ । बुद्धको पवित्र अस्तु धातु रहेको स्थानको विकासमा पहल गर्नुको साटो उल्टो नीजि कम्पनीलाई सुम्पिने काममा अनियमितताको गन्ध आएको छ । रामग्राम स्तूपको उत्खनन् तथा बौद्धस्तुप निर्माणका लागि विभिन्न अन्तर्राष्ट्रिय बौद्ध समुदायसँग पहल गर्नुपर्ने आवश्यकता छ । होइन भने रामग्राम क्षेत्र अझै ओझेलमा पर्ने निश्चित छ । सम्पदा क्षेत्र बिना प्रतिस्पर्धा जग्गा लिजमा दिन लागिएको कुरामात्र होइन, नीजि कम्पनीलाई प्रतिष्पर्धाबाट पनि दिनु हुँदैन भन्ने मान्यता स्थापित गर्नु जरुरी छ । यो क्षेत्रको विकास लुम्बिनी विकास कोष र पुरातत्व विभागमार्फत गर्नु जरुरी छ । युनेस्कोले बृहत्तर क्षेत्रको बिशेष अनुगमनमा ध्यान पु¥याउन अव ढिलाई गर्नुहुँदैन । अस्तीधातु समाधि गरिएको स्थान विश्वभरका बौद्ध समुदायका लागि अत्यन्त पवित्र क्षेत्र हो तर यही क्षेत्रको बिषयमा अनेकथरी कुरा बाहिर आउनु निश्चितरूपमा दुःखद कुरा हो । नीजि क्षेत्रलाई त्यसको जिम्मा दिने काम भएको अवस्थामा अवको सयौं वर्षसम्म वृहत्तर लुम्बिनीको विकासमा बिलम्ब हुनेछ । तसर्थ सरकारले रामग्राम नीजि क्षेत्रलाई दिने तयारी भएको हो भने तत्काल रोक्ने काम गरोस् ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी