© २०२३
मणिग्राम ।
टिकुलीगढ मावि तिलोत्तमा १४ को आयोजनामा सपना, संघर्ष र सफलता विषयक अन्तक्र्रिया कार्यक्रम शुक्रवार सम्मपन्न भएको छ ।
कक्षा ११ र १२ का छात्र छात्राहरुको लागि आफ्नो करियर शुक्रबार सम्पन्न भएको हो । तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद अर्यालले कार्यक्रमको उदघाटन गरेका थिए । अन्तक्रिया कार्यक्रममा बोल्दै उनले लोक सेवा आयोग तथा निजामती सेवामा कसरी प्रवेश गर्ने कसरी टिक्ने, कस्ता खाले कार्य पर्दछन् र सरकारी सेवामा प्रवेश जस्ता विषयमा छलफल गर्दै आगामी दिनमा विद्यार्थीहरुले कस्तो बाटो बनाउनु पर्दछ त्यसको समाधान गर्न आफु तयार रहेको बताए ।
विद्यालय ब्यबस्थापन समिति अध्यक्ष फुलपति कंडेलले टिकुलीगढ माविका समाजका विभिन्न क्षेत्रमा कृयाशिल रही उदाहरणीय काम गरेका र राष्ट्रले सम्मान गर्न योग्य रहेका ब्यक्तित्वहरुको कामको अनुसरण गर्नको लागि यस्ता कार्यक्रमले कलिला विद्यार्थीहरुलाई आफ्नो भविष्यको बाटो तयार गर्न राम्रो भूमिका रहने बताए ।
कार्यक्रममा विद्यालय ब्यबस्थापन समितिका पुर्व अध्यक्ष दिनेश अर्याल, टिकुलीगढ माविका प्रधानाध्यापक शंकरदत्त उपाध्याय, टिकुलीगढ युवा क्लवका सदस्य दिपक श्रीस मगर, सह प्रधानाध्यापक जित कुमार केसी लगायत शिक्षक शिक्षिका, विद्यार्थी लगातको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण तिलोत्तमा नगरपालिका कार्यपालिका सदस्य रवि सेन्चुरीले गरेका थिए ।