दाङमा खाना पकाउने क्रममा कपडाबाट सल्केकाे आगाेले जलेर एक जनाकाे मृत्यु भएकाे छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ८ कटकुईयाँका ४४ वर्षकी लक्ष्मी चाैधरीकाे जलेर मृत्यु भएकाे इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रबक्ता नवचन्द्र मल्लले जानकारी दिएका छन ।
बिहिवार साँझ पाैने ८ बजेतिर चौधरीले घरमा दाउरा बालेर चुलोमा खाना पकाउने क्रममा कपडा बाट शरीरमा आगाे सल्किदा मृत्यु भएकाे भन्ने खबर आएको प्रहरीले बताएको छ ।
घरमा कोही नभएको समयमा घटना भएको स्थानीयले खवर गरेका थिए । ईलाका प्रहरी तुलसीपुरबाट प्रहरी निरिक्षक नवराज के.सी.को कमाण्डमा ५ जनाको टोली घटनास्थल पुग्दा चाैधरीलाई मृत अवस्थामा फेला पारेकाे थियाे। घटनाका विषयमा थप अनुसन्धान भैरहेकाे प्रहरी प्रबक्ता मल्लले जानकारी दिए ।