© २०२३
बुटवल, १८ माघ ।
केही दिन अघि बागलुङको बडिगाड गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख विजय केसीलाई कालोमोसो दलेको आरोपमा बाग्लुङ प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
स्वास्थ्य शाखा प्रमुख केसीलाई कालोमोसो दलेको आरोपमा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल बागलुङका जिल्ला संयोजक पूर्णबहादुर गुरुङलाई प्रहरीले बुधबार पक्राउ गरेको हो हो ।
गुरुङलाई अभद्र व्यवहारको मुद्दामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका डीएसपी मदन केसीले जानकारी दिए ।
जिल्ला प्रशासन कार्यालयमा पीडित पक्षको उजुरीका आधारमा गुरुङलाई पक्राउ गरिएको प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।
पक्राउ परेका गुरुङलाई प्रहरीले आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । गुरुङलाई बुधबार ताराखोला गाउँपालिका वडा नम्बर १ को भुस्काटबाट प्रहरीले नियन्त्रणमा लिइएको थियो । केही अगाडि विभिन्न अनलाइनमा म्याद सकिएको औषधि बिद्यालयका बिद्यार्थीलाई खुवाइएको समाचार आएपछि विरोध भएको थियोे । यद्यपि पालिका अध्यक्ष गण्डकी थापा अधिकारीले त्यो भ्रममात्रै रहेको बताए । पालिकाले स्पष्टीकरण समेत पत्रकार सम्मेलन मार्फत दिएको प्रमुख प्रशासकीय अधिकृत चेत नारायण भण्डारीले जानकारी दिए । केही राजनीतिक अगुवा, बुद्धिजीवीहरुले पालिका र स्वास्थ्य शाखाले गलत नै गरेको भए छानबिन गर्ने निकाय भएकोले कालोमोसो दल्नु गलत भएको र सत्यतथ्य छानविन गरी कालोमोसो दल्नेलाई कारबाही हुनुपर्ने माग राखेका छन् । बडिगाड गाउँपालिका पश्चिम क्षेत्रका अन्य पालिका भन्दा फरक र महिला नेतृत्व रहेको पालिका हो ।