ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक

तिलोत्तमालाई शिक्षा क्षेत्रको हबका रूपमा विकास गरिने

१८ माघ २०८०, बिहीबार
१८ माघ २०८०, बिहीबार

बुटवल, १८ माघ ।

तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाणले तिलोत्तमालाई शिक्षा क्षेत्रको हबका रूपमा विकास गर्ने बताएका छन् ।

दुर्गा मावि तिनपा १४ दुर्गानगरको ३५ औँ वार्षिकोत्सव तथा अभिभावक दिवसको उद्घाटन गर्दै उनले सबै बालबालिकाले पढ्न पाउनुपर्ने नैसर्गिक अधिकार भएको उल्लेख गर्दै नगरपालिकाकले शिक्षालाई जोड दिएको बताए ।

शिक्षाका क्षेत्रमा भएका उपलब्धीहरूलाई नकार्न नहुने उल्लेख गर्दै उनले युवाहरूलाई दिग्भ्रमित पार्नेहरूबाट सचेत र सजग रहनुपर्ने बताए ।

उपप्रमुख जगेश्वरदेवी चौधरीले शिक्षा क्षेत्रको विकासका लागि थप प्रयत्नशील हुनुपर्ने बताइन् । उनले नगरपालिकासँग पर्याप्त स्रोत साधन नहुँदा शिक्षा क्षेत्रमा सोंचे अनुरूप उपलब्धि हासिल हुन नसकेको उल्लेख गर्दै सङ्घीय सरकारले शिक्षामा थप लगानी बढाउनुपर्ने उल्लेख गरिन् ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक नेत्र बहादुर केसीले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शान्ता खरेल, विद्यालयका सहायक प्रधानाध्यापक सुमित्रा सुवेदी, विद्यालयका शिक्षक निलप्रसाद पुनलगायतले पनि बोलेका थिए ।

कार्यक्रममा विद्यालयमा वार्षिकरूपमा आयोजित विभिन्न प्रतियोगिताका उत्कृष्ट विद्यार्थी, कक्षागत रूपमा उत्कृष्ट विद्यार्थीहरू र उत्कृष्ट कक्षा शिक्षकलाई पुरस्कृत गरिएको थियो भने श्यामलाल खरेल उत्कृष्ट शिक्षक अक्षयकोषबाट प्रावि, निमावि र प्रावि तहमा उत्कृष्ट शिक्षकहरूलाई नगद र सम्मान पत्रले सम्मानित गरिएको थियो ।

विद्यालयलाई विभिन्न क्षेत्रबाट सहयोग गर्ने व्यक्तिहरूलाई सम्मानपत्रद्वारा सम्मानित गरिएको कार्यक्रममा विद्यालयका सल्लाहकार श्यामलाल खरेल, पूर्व अध्यक्ष टिकाराम पाण्डे, तिनपा वडा नं. १४का अध्यक्ष आश्विन पौडेल, नगरकार्यपालिका सदस्य रवि सेन्चुरी, पशुपति कलेजका प्रमुख जित बहादुर रास्कोटी ,टिकुलीगढमाविका अध्यक्ष फुलपति कडेल,वाउन्नकोटि सामुदायिक वनका अध्यक्ष लिल बहादुर क्षेत्रीलगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा विद्यार्थीहरूले विभिन्न नृत्य प्रस्तुत गरेका थिए । यसैबिच खाणले नरपालिकाले सहयोग गरेको बस सेडको समेत उद्घाटन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?