ट्रेंडिंग:

>> किताब बेच्ने मान्छे ! >> पुलको डिजाइनमा समस्या देखाउँदै ठेकेदार >> वलीको प्रेरणादायक उद्यम यात्रा >> अन्तरिक्षमा अन्तरिक्ष यात्रीको जीवन कस्तो हुन्छ ? >> राजापाक्षे भागेपछि श्रीलंकामा आज पहिलो राष्ट्रपति निर्वाचन हुँदै >> एरिका एसियन कराते च्याम्पियनसिपको फाइनलमा पुग्ने पहिलो नेपाली खेलाडी >> देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा धेरै वर्षाको सम्भावना >> दशैँको टीकाको साइत ११ बजेर ३६ मिनेटमा >> अनेरास्ववियु रुपन्देही संगठन विस्तारमा : बुटवल र तिलोत्तमाको नगर अधिवेशन सम्पन्न >> राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ति बुटवललाई >> माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु >> रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी >> राजश्व बाँडफाँड कर्णालीका लागि न्यायोचित छैन: मुख्यमन्त्री कँडेल >> लिस्नु क्वाटरफाईनलमा >> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित >> बुटवलमा निजी संस्थाले आफ्नो प्रचारका लागि सरकारी अस्पतालको नाम जोडेका सामग्री हटाउँदै  >> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस >> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय

पश्चिमका धेरै ठाउँमा वर्षा, उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात

१८ माघ २०८०, बिहीबार
१८ माघ २०८०, बिहीबार

काठमाण्डाै ।

सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका धेरै ठाउँमा हल्का वर्षा र हिमपात भएको छ । कैलाली, कञ्चनपुर, बाँके, बर्दिया, हुम्ला, जुम्ला, डोटी, डडेल्धुरा, बैतडी, बाजुरा, अछाम, सल्यान, रोल्पा, रुकुम, प्युठान, गुल्मी, बाग्लुङ लगायतका पश्चिमी जिल्लामा पानी परेको हो । ती क्षेत्रका उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात भइरहेको छ ।

वर्षा र हिमपातले किसान खुसी भएका छन् । धेरैजसो ठाउँमा हिउँदको यो पहिलो वर्षा भएको हो । यसले हिउँदे बालीलाई राहत पुग्ने किसानको भनाइ छ । ढिलो गरी भए पनि हिमपात तथा वर्षा हुँदा हिउँदे बाली लगाएर आकाशे पानीको पर्खाइमा रहेका किसान खुसी भएका जुम्लाको तिला गाउँपालिमा–१ का स्थानीयवासी पार्वती बुढाले जानकारी दिनुभयो । माघ दोस्रो हप्तासम्म पनि हिउँ नपरेपछि खडेरी लाग्ने भन्दै किसान चिन्तामा थिए ।

हिमपात र वर्षाले ठाउँठाउँमा सडक यातायात भने प्रभावित भएको छ । हिमपातका कारण राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । बाग्लुङको निसीखोला र पूर्वी रुकुमको सिमाना पातिहाल्नेमा परेको बाक्लो हिमपातले लोकमार्ग अवरुद्ध भएको हो । पूर्वी रुकुमबाट काठमाण्डौ, पोखरा लगायतका ठाउँमा जाने गाडी ठप्प भएको निसीखोला गाउँपालिका–६ का नीरज घर्ती मगरले जानकारी दिनुभयो । बाग्लुङको बुर्तिबाङबाट रुकुम, जाजरकोटलगायतका ठाउँमा पुग्ने गाडी निसीखोलामा अड्किएका छन् । हिउँ हटाउन समय लाग्ने भएकाले अलपत्र परेका यात्रुलाई व्यवस्थापन गरिने निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीले बताए ।

यस्तै हुम्ला, जुम्ला, बाजुरा लगायतका जिल्लामा हवाई उडान हुन सकेको छैन । हुम्लामा यो वर्ष तेस्रो पटक हिमपात भएको छ । काठमाण्डौ उपत्यकामा पनि मौसम बदली भएको छ । एक/दुई ठाउँमा छिटफुट पानी पर्न सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखा मौसमविद् गंगा नगरकोटीका अनुसार आज राति बाग्मती र कोशीका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात हुन सक्ने सम्भावना छ । तर पूर्वमा आज पानी पर्ने सम्भावना छैन ।

यसैबीच हिमपातका कारण जाजरकोट भूकम्पबाट पीडित भएकाहरू थप समस्यामा परेका छन् । कात्तिक १७ गतेको भूकम्पले घर भत्काएपछि जाजरकोट, रुकुम लगायतका जिल्लाका केही भूकम्प प्रभावित अहिले पनि अस्थायी आवास र त्रिपालमै छन् । आठबीसकोट नगरपालिका–१४ की भूकम्प पीडित देवकली पुन मगरले हिमपात र पानीले चिसो बढेको बताए । विशेषगरी चिसोबाट बालबच्चा र ज्येष्ठ नागरिक समस्यामा परेका छन् । त्रिपाल र टहरामा बसेका पीडितलाई थप जोखिम छ ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालका अनुसार पश्चिमी वायुको प्रभाव आज रातिसम्म रहने र फेरि पानी पार्न सक्ने अर्को प्रणाली भित्रिने सम्भावना रहेको छ । मध्य तथा पूर्वी तराईका थोरै ठाउँमा लागिरहेको हुस्सु अब कम हुने पनि उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?