ट्रेंडिंग:

>> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा >> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस

स्थापना दिवसमा प्रेस चौतारी रुपन्देहीको मैत्रीपूर्ण फुटसल र रक्तदान

१८ माघ २०८०, बिहीबार
१८ माघ २०८०, बिहीबार

बुटवल, १८ माघ ।

प्रेस चौतारी नेपालको २६ औ स्थापना दिवसको अवसरमा रुपन्देही शाखाले आयोजना गर्न लागेको मैत्रीपूर्ण फूटसल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । प्रेस चौतारी रुपन्देहीले यही माघ २० गते रुपन्देहीमा क्रियाशिल व्यावसायिक र सामाजिक संघसंस्थाबीच मैत्रीपूर्ण फुटसल प्रतियोगिता र २२ गते रक्तदान कार्यक्रम गर्दै छ ।

पत्रकार हकहित र अधिकारसंगै सामाजिक कार्यमा अग्रसर रहेको संस्थाको केन्द्रीय सर्कुलर अनुसार शाखामा आफ्नो स्थापना दिवसमा विविध रचनात्मक कार्यक्रम गर्न लागिएको प्रेस चौतारी रुपन्देहीका अध्यक्ष लक्ष्मण पौडेलले बताए । स्थापना दिवसको अवसर पारेर ब्यवसायिक र सामाजिक संघसंस्थाहरु बिचमा फुटसल प्रतियोगिता, रक्तदान र डिजिटिल मिडिया सम्बन्धी पत्रकारहरुलाई तालिम गर्ने तय भएको अध्यक्ष पौडेलले बताए । पत्रकार हकहितसंगै दक्षता अभिवृद्धि गर्ने उद्देश्यका साथ २ दिने डिजिटल मिडिया सम्बन्धी तालिम गर्न लागिएको कार्यक्रम संयोजक उपाध्यक्ष बीपी गौतमले बताए ।

कार्यक्रम भब्य र सभ्य ढंगबाट सम्पन्न गर्न उपसमिति बनाएर जिम्मेवारीसहित तयारी भैरहेको उनले बताए । रुपन्देहीमा रहेका ब्यावसायीक, सामाजिक संघसंस्थाहरु बिच खेलमार्फत भातृत्व विकास गर्ने उद्देश्यका साथ माघ २० र २१ गते (दुई दिन) मैत्रीपुर्ण फुटसल प्रतियोगिताको तयारी पुरा भएको संयोजक दिनेश श्रेष्ठले बताए । प्रतियोगितामा विहिबारसम्म २ दर्जन बढी संघसंस्थाहरुको नाम दर्ता भएको उनले बताए ।

यसैगरी स्थापनाको मुख्य दिन माघ २२ गते नेपाल रेडक्रस सोसाईटी, रक्तसंचार केन्द्र बुटवलमा विशेष रक्तदान कार्यक्रमको आवश्यक तयारी पूरा गरेको संयोजक स्वस्तिक श्रेष्ठले बताए । ब्लड बैकमा विभिन्न ब्लड ग्रुपको अभावलाई मध्येनजर गरी रक्तदान कार्यक्रमलाई विशेष प्राथमिकतामा राखेको उनले बताए ।
रुपन्देहीमा संस्थाबाट हरेक वर्ष रक्तदानको अभियानलाई निरन्तरता दिदै आएको उपाध्यक्ष भगवती पाण्डेले बताईन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?