Butwal Today

नापी कार्यालयका अमिन ४ हजार रुपैयाँ घुससहित पक्राउ

१८ माघ २०८०, बिहीबार
अ+
अ-

काठमाण्डाै –

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चार हजार रुपैयाँ घुस लिने अमिन गोविन्द ढकालविरुद्ध विशेष अदालत काठमाण्डाैमा आरोपपत्र दायर गरेको छ ।

नापी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा अमिन पदमा कार्यरत गोविन्द ढकालले जग्गा नाँपजाँच गरी लालपुर्जा दिन सेवाग्राहीसँग चार हजार रुपैयाँ घुस लिएको पुष्टि भएपछि उनीविरुद्ध मुद्दा दर्ता गरेको अख्तियारले विज्ञप्ति निकालेर जानकारी दिएको छ ।

आयोगको बुटवल कार्यालयबाट खटिएको टोलीले अमिन ढकाललाई घुस रकमसहित पक्राउ गरेको आयाेगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।