© २०२३
लुम्बिनी ।
रुपन्देहीको लुम्बिनी सांंस्कृतिक नगरपालिकाले नगरस्तरीय २ दिने बेमौसमी तरकारी खेती तालिम तथा बीउ भिजन वितरण कार्यक्रम सम्पन्न गरेको छ ।
कृष्ण सामुदायिक विकास केन्द्रको आयोजना र लुम्बिनी साँस्कृतिक नगरपालिकाको सहयोगमा किसानहरुलाई बेमौसमी तरकारी खेती कसरी गर्ने र रोगहरुबाट कसरी बचाउने, बिउहरुलाई बेमौसममा कसरी उमार्ने, बिउलाई कसरी मलजल दिई रेखदेख कसरी गर्ने बारे कृषि शाखाका राजन चौधरीले प्रशिक्षण दिएका थिए ।
बेमौसमी खेतीबाट मनग्य आम्दानी गर्न सकिन्छ भन्दै उपप्रमुख कल्पना हरिजनले यस खेतीबाट कृषकहरुको तालिम गराई कृषकहरुलाई लैका, घिरौला, काउली, फर्सी, करेला, बोडीको विउ वितरण गरिएको जानकारी गराइन् ।
कार्यक्रममा कृष्ण सामुदायिक विकास केन्द्रका अध्यक्ष गरिबुल्लाह फकिर, नगरपालिका कृषि शाखा प्रमुख मनीराम पौडेल, कृष्ण सामुदायिक विकास केन्द्र सदस्य कोपिला पौडेल र सविना चौधरी लगायतले पनि बोलेका थिए ।
कार्यक्रममा वडा नम्बर १, २, ४, ९, १२, १० का ८६ जना कृषकहरु सहभागी रहेको राजेन्द्र चौधरीले जानकारी दिए ।