© २०२३
गैंडहवा ।
कन्चन दानापुर जनज्योति माध्यमिक विद्यालय कन्चन–१ रुपन्देहीको ३६ औं वार्षिकोत्सव उत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ ।
कार्यक्रमको उदघाटन गर्दै कन्चन गाउँपालिका अध्यक्ष नवराज ढकालले अभिभावक, विद्यार्थी र शिक्षक मिलेर शैक्षिक गुणस्तरीयतामा ध्यान दिनुपर्नेमा जोड दिए । उनले शिक्षा सुधारमा सबै एक हुनुपर्नेमा जोड दिए । त्यस अवसरमा उनले विद्यालयको विज्ञान प्रयोगशाला, कम्प्युटर कक्षा र सभाहलको उद्घाटन गरेका थिए ।
कार्यक्रममा कन्चन गाउँपालिका उपाध्यक्ष मौसमी थापा, वडा अध्यक्ष हरिनारायण थारुले विद्यालयले अगाडि सारेका हरेक योजनालाई पालिकाले सधै साथ सहयोग गर्ने बताउँदै शिक्षा क्षेत्रलाई पालिकाले सधै प्राथमिकतामा राखेको बताएका थिए । कार्यक्रममा विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
यस्तै कार्यक्रममा पालिकाका प्रवक्ता चित्र तुलाचन, वडा सदस्य जुना परियार, लेखा राहादी, लेखनाथ ढकाल, विभिन्न संघ संस्थाका प्रतिनिधि, अभिभावकलगायतले पनि बोलेक थिए ।
कार्यक्रममा खेलकूद सप्ताहमा सहभागी भै पुरस्कृत हुने विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो ।
विद्यालयका पुर्व सहायक प्राचार्य रोमनाथ कोइरालाको स्मृतिमा ५५ हजारको अक्षय कोष उनकी श्रीमती सीता कोइरालाले स्थापन गरेकी छन् । उनले यो अक्षयकोशबाट गरिव विपन्नलाई शैक्षिक सामाग्री वितरण गरिने बताइन् । सोम सुनारको नाममा ५ हजारको अक्षय कोष स्थापना गरिएको छ । भुत पुर्व विद्यालय ब्यबस्थापन समिति अध्यक्ष राम बहादुर सुनारले उक्त अक्षयकोष स्थापना गरेका हुन् । कार्यक्रममा विद्यालयका प्राचार्य तिलकराम लोधले आर्थिक सामाजिक प्रतिवेदन प्रस्तुत गरेका थिए । त्यस्तै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नर बहादुर थापा, शिक्षक ओम तरामुलगायतले विद्यालयको शैक्षिक अवस्थाबारे प्रकाश पारेका थिए ।