Butwal Today

काँडे तार चलचित्रको च्यारेटी सो धनगढीमा हुने 

१५ माघ २०८०, सोमबार
अ+
अ-

धनगढी, १५ माघ ।

कैलालीको धनगढीमा नेपाली राष्ट्रवादी चलचित्र काँडे तारको च्यारेटी सो हुने भएको छ । चलचित्र पत्रकार महासघ सुदूरपश्चिम प्रदेश कमिटीको आयोजना सोमबार धनगढीमा भएको पत्रकार सम्मेलनमा चलचित्रका निर्देशक नवसिंह बोगटीले माघ २० गते धनगढीको एसटिएस सिनेमामा काडेतारको सुदूरपश्चिम च्यारिटी सो हुने जानकारी दिएका छन् ।

देशभक्ति जगाउन च्यारेटी सो सञ्चालन गरिन लागेको बताउँदै रावलले च्यारेटी सो बाट सङ्कलन भएको रकम सीमाको लडाइमा ज्यान गुमाएका सहिद गोविन्द गौतमका परिवारलाई सहयोग गरिने जानकारी दिए ।

चलचित्रको च्यारेटी सो अन्य प्रदेशमा भइसकेको छ । ४ करोडको लगानीमा तयार भएको  चलचित्र फागुन २५ गते देखि देशभर प्रसारणमा आउँदै छ ।