ट्रेंडिंग:

>> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक >> ओस्कार विजेता मिसेलको गुनासोः बच्चा जन्माउन नसक्दा असफल भए ! >> चार महिनामा १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात >> उपेन्द्र यादव र रसियन प्रतिनिधिबीच भेटवार्ता >> दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

कपिलवस्तुमा ‘बुद्ध ज्ञान साईकल यात्रा’ लाई भब्य स्वागत

१४ माघ २०८०, आईतवार
१४ माघ २०८०, आईतवार

कपिलवस्तु, १४ माघ
रुपन्देहीको भैरहवा बुद्धचोकबाट शुरु गरिएको बुद्धज्ञान साईकल यात्रा कपिलवस्तुमा भब्य स्वागत गरिएको छ । कपिलवस्तु आएको टोलीले जगदिशपुर ताल, बुद्धस्थलहरु तिलौराकोट, गोटीहवा र कुदान भ्रमण गरेको हो । साईकल सिटी भैरहवाले यो बर्ष बुद्धसंग जोडिएका विभिन्न ओझेलमा परेका सास्कृतिक धरोहरहरुको साईकल यात्रा थालेको हो ।
बुद्धज्ञान साईकल यात्रामा सहभागी टोली शुक्रबार कपिलवस्तुको जगदिशपुर पुगेको थियो । शनिबार बिहान बुद्धस्थल तिलौराकोटमा पुगेको टोलीलाई कपिलवस्तु नगरपालिकाका प्रमुख सुदिप पौडेल, कपिलवस्तु नगरपालिका ३ का अध्यक्ष प्रकाश गैरे, जिल्ला खेलकुद बिकास समितीका अध्यक्ष राजेश उपाध्याय र कपिलवस्तु जिल्ला साईकिलिंग संघका अध्यक्ष नसरुद्दिन गौरी सहितको टोलीले स्वागत गरे । बुद्ध ज्ञान साईकल यात्रामा नेपाल, भारत र चाईनाका गरि करिब २ सय ५० साईकल यात्री सहभागी छन । शुक्रबार नवलपरासी हुदै कपिलवस्तु आएको टोलीलाई बिश्व सिमसार क्षेत्रमा जगदिशपुर ताल क्षेत्रमा व्यवस्थापन गर्ने कार्य कपिलवस्तु नगरपालिकाले गरेको हो । लुम्बिनी सहितका बुद्धका जिवनी जोडिएका कपिलवस्तु, रुपन्देही र नवलपरासीका बुद्धस्थलमा साईकल यात्रा गर्न पाउदाँ छुट्टै आनन्दको अनुभुती भएको साईकल यात्रीहरुले बताए । साईकल बाबाका नामले परिचित भारतको बरेलीका साईकल यात्री संदिप जिंदलले यस अघि नेपालगंजमा भएका ५ मध्य ४ वटा साईकल यात्रामा आफु सहभागी भएको बताए । “बुद्धस्थलहरुमा दुई दिने साईकल यात्रामा आउदै छुट्टै ज्ञान र आनन्दको अनुभुती भएको छ । नेपाल आउदाँ धेरै मज्जा लाग्छ, सबैले मलाई नेपाल त तिम्रो दोस्रो घर हो भन्दछ ।” जिंदलले भने ।

साईकल यात्राका कारण कपिलवस्तुका धेरै बुद्धस्थलबाट परिचित हुने मौका मिलेको साईकल यात्री सम्राट सापकोटाले बताए । आफुले गत बर्ष ठाकुरद्धारामा साईकल यात्रा गरेको र यो दोस्रो साईकल यात्रा भएको भारतको जम्मु कश्मिरकी साईकल यात्री डाक्टर ऋतुले जानकारी दिईन । “बुद्ध जन्मेको लुम्बिनी, हुकिएको तिलौराकोट दरबार लगायतको महत्वपुर्ण बुद्धस्थलमा साईकल यात्रा गर्न पाउनु मेरो लागि गौरवको बिषय हो । नेपालीहरुको आथित्यता र व्यवहार पनि साह्रै मन परेको छ ।” उनले भनिन । साईकल यात्रामा बालबालिका र अपाङ्गता भएका साईकल यात्री समेत सरिक भएको भेटिएको छ । समुहमा साईकल यात्रा गर्दा र बुद्धस्थलको सुचना तथा जानकारी पाउदाँ खुसी लागेको भैरहवाकी ११ बर्षिय बाल साईकल यात्री आश्विनी खरेलले बताईन । देशका बिभिन्न स्थानमा भएका साईकल यात्रामा आफु सरिक भएको र कपिलवस्तुमा समेत साईल यात्रामा सहभागी हुन आईपुगेको अपाङ्गता भएका काठमाण्डौका साईकल यात्री पुरुषोत्तम साहुखलले बताए । “अब त साईकल यात्रा गर्ने बानी नै परि सकेको छ । साईकल यात्रा गर्दा कुनै अप्ठ्यारो भएको अनुभुती भएको छैन ।” उनले भने । आफुहरुले नेपालगंजमा पाँच बर्ष देखी टुर द ठाकुरद्धारा कार्यक्रम चलाउदै आएको र यसले आन्तरिक पर्यटन प्रबद्र्धनमा बिशेष सहयोग पुग्ने यात्रामा सहभागी नेपालगंज साईक्लिङ्ग क्लबका अध्यक्ष प्रदिप सापकोटा बताउछन ।
ओझेलमा रहेका बुद्धस्थलको प्रबद्र्धनका लागि यस बर्ष बाट निरन्तरता दिने गरि बुद्ध ज्ञान साईकल यात्रा शुरु गरिएको साईकल सिटी भैरहवाका अध्यक्ष सुर्य कुमार सारु मगरले जानकारी दिए । भैरहवाको बुद्धचोकबाट रामग्राम, भवानीपुर, जगदिशपुर, तिलौराकोट, गोटीहवा, कुदान, लुम्बिनी हुदै भैरहवा पुगेर साईकल यात्रा समापन हुने उनले स्पष्ट पारे । “यो यात्रालाई निरन्तरता दिएर अन्तरराष्ट्रिय ब्राण्डिङ्ग गर्ने योजनामा छौ । ओझेलमा परेका पुरातात्विक स्थालको देश बिदेशमा प्रचार प्रसार गर्न बुद्ध ज्ञान साईकल यात्रा सहयोगी हुनेछ । ” अध्यक्ष मगरले भने । साईकल यात्रा मार्फत बुद्धस्थलको पर्यटन प्रबद्र्धनले खेलसगै पर्यटन जोडेको जिल्ला खेलकुद विकास समिति कपिलवस्तुका अध्यक्ष राजेश उपाध्यायले बताए । कपिलवस्तु आफैमा खुल्ला संग्राहलय रहेको जनाउदै बुद्ध ज्ञान साईकल यात्राले कपिलवस्तुका तिलौराकोट, निग्लिहवा, गोटिहवा, कुदान, सग्रहवा, जगदिशपुर तालको प्रचार प्रसारमा भुमिका खेलेर पर्यटन प्रबद्र्धनमा सहयोग पुर्याउने कपिलवस्तु नगरपालिकाका प्रमुख सुदिप पौडेलले बताए । साईकल यात्रामा आएका साईकल यात्रीको शुक्रबारको व्यवस्थापनमा नगरपालिकाले सहयोग गरेको उनले जानकारी दिए ।
साईकल यात्रीले भ्रमण गरेको बुद्धस्थल तिलौराकोट सिद्धार्थ गौतमले २९ बर्ष बिताएको राजा शुद्धोधनको दरबार, गोटिहवा क्रकुछन्द बुद्धको जन्मस्थान, कुदान बुद्धले ज्ञान प्राप्ती गरे पछि फर्किए श्रीमती र छोरालाई बुद्ध संघमा जोडेको स्थानको रुपमा परिचित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?