© २०२३
बुटवल,१३ माघ । न्युयोर्कको अदालतले अमेरिकी पूर्वराष्ट्रपति तथा सन् २०२४ का उम्मेदवार डोनाल्ड ट्रम्पलाई लेखक इ जिन क्यारोललाई क्षतिपूर्तिबापत आठ करोड ३३ लाख अमेरिकी डलर तिर्न आदेश दिएको छ।
क्यारोलले मानहानिको लागि क्षतिपूर्तिस्वरूप एक करोड डलरभन्दा बढी माग गरेकी छन्।
फैसलालगत्तै ट्रम्पद्वारा जारी विज्ञप्तिमा फैसलालाई हास्यास्पद भन्दै उच्च अदालतमा अपिल गर्ने उनले बताएका छन्।
तीन घण्टाभन्दा केही कम समयको सुनुवाइपछि अदालतले आफ्नो निर्णय सुनाएको हो।
यस मुद्दामा शुरूमा अदालतमा उपस्थित भएका ट्रम्पले बीचमा मुद्दाबारे आक्रामक धारणा सार्वजनिक गरेका थिए तर पछि अन्तिम बहसको लागि अदालती सुनुवाइमा सहभागी भएका थिए।
क्षतिपूर्ति र दण्डात्मक क्षतिको स्तर अदालतका क्लर्कले पढ्दा उनी अदालतभन्दा बाहिर थिए।
ट्रम्पले क्यारोलको बारेमा सार्वजनिक टिप्पणीमा दुर्भावनापूर्ण कार्य गरेको क्षतिपूर्तिस्वरूप ७३ लाख डलर र प्रतिष्ठामाथिको क्षतिका लागि एक करोड १० लाख ठलर र दण्डात्मक क्षतिपूर्तिको रूपमा छ करोड ५० लाख डलर जरिवाना तोकेको छ।
न्यूयोर्कको एउटा छुट्टै संघीय देवानी मुद्दामा क्यारोलमाथि यौन दुव्र्यवहार गरेको अभियोगमा जुरीले दोषी ठहर गरेका ट्रम्पले आफ्नो ट्रुथ सोसल प्लेटफर्मको प्रयोग गरेर क्यारोल, सुनुवाई र न्यायाधीशमाथि आक्रमण गर्ने अपमानजनक सन्देशहरूको बाढी ल्याएको थियो।