© २०२३
सल्यान, ११ माघ ।
सल्यानको दार्मा गाउँपालिकामा भुकम्पबाट क्षति व्यहोरेका ९५२ घरपरिवारको अस्थायी टहरा निर्माण भएका छन् । गत कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाई गएको भुकम्पले दार्मामा मात्रै एक हजार १७९ घरमा क्षति पुगेको थियो । विभिन्न संघ संस्था, राजनीतिक दल तथा पीडित परिवार आफैले हाल सम्म ९५२ वटा टहरा निर्माण गरेको दार्मा गाउँपालिकाले जनाएको छ ।
सम्बन्धित घरपरिवार आफैले ६६६ अस्थायी टहरा निर्माण गरेका छन् । यस्तै नेकपा माओवादी केन्द्रले २६२ र नेकपाले १७ वटा टहरा बनाईदिएको गाउँपालिकाका अध्यक्ष निम बहादुर केसीले जानकारी दिए । यस्तै नेपाली सेनाले ४ वटा र एकिकृत समाजवादीले ३ वटा टहरा निर्माण गरेको पनि उनले बताए । हाल सम्म अस्थायी आवास निर्माणका लागि ५२० घरधुरिलाई पहिलो किस्ता वापतको रकम भुक्तानी भएको पनि गाउँपालिकाले जनाएको छ । भुकम्पका कारण जिल्लाभरी एक हजार ७ सय बढी घर पूर्ण रुपमा क्षति भएका थिए ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी