ट्रेंडिंग:

>> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने >> एमाले महाधिवेशन : च्यासलमा राखियो नमुना भोटिङ मेसिन >> जनार्दनसँग जोडिएको २८ दिनमै फर्किए बलम्पाकी र दाहाल, प्रचण्डलाई भेटेर भने : हामी यतै फर्कियौँ >> आज शपथ लिन लागेका ४ नयाँ मन्त्रीको पृष्ठभूमि >> अण्डाको लागत मूल्य बढेर १९ रुपैयाँ नाघ्यो >> झापाबाट महामन्त्री शर्मासहित कांग्रेसका ६६ उम्मेदवार सिफारिस >> राप्तिको डम्पिङ साइडमा आगलागी >> विदेशमा रहेका नेपालीको मतदानको ग्यारेन्टी सरकारले गर्नुपर्छ : जेनजी युवा >> पाल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ८ घाइते

व्यापार संघमा पदस्थापन

१० माघ २०८०, बुधबार
१० माघ २०८०, बुधबार

बुटवल ।

रुपन्देहीव्यापार संघको २२ औं वार्षिक साधारणसभा तथा १२ औं अधिवेशनबाट नवनिर्वाचित कार्य समितिले एक विषेश कार्यक्रमका बीच शपथग्रहणसहित पदभार ग्रहण गरेको छ । संघको सभाहलमा बुधवार आयोजित कार्यक्रममा नवनिर्वाचित कार्यसमितिलाई निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत लेखनाथ ढकालले पद तथा गोपनीयताको शपथ गराए । कार्यक्रमका प्रमुख अतिथि रुपन्देही क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्य बासुदेव घिमिरेले प्रमाणपत्र प्रदान गरे । संघका संस्थापक अध्यक्ष मोतीराज ज्ञवालीले टिका तथा अध्यक्ष कृष्णप्रसाद घिमिरेले खादा लगाएर शुभकामना व्यक्त गरे ।

महासचिव दयानिधि भण्डारीले नवनिर्वाचित महासचिव फर्सुराम पन्तलाई म्यान्यूट तथा कोषाध्यक्ष ऋषिराम पाण्डेले नवनिर्वाचित कोषाध्यक्ष मनिराम खनाललाई चेक हस्तान्तरण गरे । कार्यक्रममा बोल्दै प्रतिनिधिसभा सदस्य बासुदेव घिमिरेले रुपन्देहीको आर्थिक तथा औद्योगिक विकाससँगै समग्र परिर्वतनका लागि एकिकृत विकास परियोजना अगाडि बढाउनु पर्ने बताए । उजले यस क्षेत्रको विकासका लागि जनप्रतिनिधिहरुले सामुहिक पहलगर्दै आएको भएपनि सबैको चाहाना अनुसारको काम हुन नसकेको बताए ।

सांसद घिमिरेले वर्तमान सरकार जनताको कुरा सुन्ने अवस्थामा नरहेको बताउँदै उद्योगी व्यवसायीहरुको समस्या समाधानका लागि आफ्नो तर्फबाट सधै आवाज उठाइरहने प्रतिवद्धता जनाए । घिमिरेले व्यवसायीक हकहितका लागि प्रतिष्पर्धाबाट आएको संघको नेतृत्वलाई सधै कटिवद्ध भएर काम गर्न सुझाव दिँदै निर्वाचनको परिणामलाई नेतृत्व चयनको एक विधिका रुपमा लिन आग्रह गरे । बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्यालले स्थानीय सरकार व्यवसायीहरुको साथमा सधै रहेको जनाउँदै व्यवसायिक समस्याहरुलाई सामुहिक रुपमा बसेर समाधान गर्ने प्रतिवद्धता गरिन् । उनले बुटवल उपमहानगरपालिका र व्यापार संघ व्यवसायिक हितका लागि एक भएर अगाडि बढ्ने बताइन् ।

कार्यक्रममा संघका संस्थापक अध्यक्ष मोतीराज ज्ञवालीले संघको नेतृत्व चयनका क्रममा भएका गतिविधिले संस्थालाई मजबुत बनाउन मद्दत गरेको बताउँदै संघको हित विपरित कुनै गतिविधि हुन नदिन सबै लाग्नु पर्ने धारणा राखे । उनले संघलाई यहासम्म ल्याइपुर्याउन सबैको भूमिका रहेको र संस्थापक अध्यक्षको हैसियतमा सधै संघको विकासमा आफू प्रतिवद्ध रहने बताए । संघका निर्वतमान अध्यक्ष कृष्णप्रसाद घिमिरेले आफ्नो कार्यकालमा सहयोग गर्ने सबैप्रति आभार व्यक्तगर्दै प्रजातान्त्रिक विधिबाट नयाँ नेतृत्व चयन भएकोहुँदा संस्थाको गरिमा र प्रतिष्ठामा आच नआउने गरि कामगर्न आग्रह गरे ।

नवनिर्वाचित अध्यक्ष दिपक प्रसाद अधिकारीले आफू मन, वचन र कर्मले अगाडि बढ्ने पनि प्रतिबद्धता व्यक्तगर्दै संघको गरिमालाई उचाईमा पुर्याउन सबैलाई सहमति र सहकार्यमाजोड दिए । उनले निर्वाचनका दौरानमा पक्ष र विपक्ष भएको भएपनि आगामी दिनमा त्यसलाई विर्सेर संस्था र व्यवसायीहरुलाई सर्वोपरि ठानी सबै एक ढिक्का भएर अगाडि बढ्न जरुरी रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?