© २०२३
सुर्खेत ।
कर्णाली प्रदेशसँग आफ्नो कुनै खास आर्थिक स्रोत छैन । तर, यहाँका मुख्यमन्त्री, मन्त्रीहरुको सेवा सुविधा भने निकै आकर्षक छ । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री तथा मन्त्रीहरुको पारिश्रमिक तथा सुविधा सम्बन्धी ऐन अनुसार मुख्यमन्त्रीले मासिक ७० हजार ७३० रुपैयाँ र मन्त्रीहरुले ६० हजार ३२० रुपैयाँ पारिश्रमिक पाउँछन् ।
त्यसो त ०७८ फागुनभन्दा अघि मुख्यमन्त्रीको मासिक तलब ६० हजार ९७० र मन्त्रीहरुको ५३ हजार रुपैयाँ थियो । तर, तत्कालीन मुख्यमन्त्री जीवनबहादुर शाहीले सेवा सुविधा बढाए । ०७८ फागुन २५ को मन्त्रिपरिषद् निर्णय अनुसार चैत ३० गते प्रदेश राजपत्रमा नयाँ पारिश्रमिक सार्वजनिक गरिएको थियो ।
राजकुमार शर्मा नेतृत्वको कर्णाली सरकारमा ७ जना मन्त्री छन् । मुख्यमन्त्रीको मासिक पारिश्रमिक ७० हजार ७३० रुपैयाँ र ६० हजार ३२० रुपैयाँका दरले ७ मन्त्रीको मासिक पारिश्रमिक ४ लाख २२ हजार २४० गरी मासिक ४ लाख ९२ हजार ९७० रुपैयाँ मुख्यमन्त्री र मन्त्रीहरुको पारिश्रमिकमा मात्र खर्च हुने गरेको छ ।
अतिरिक्त सुविधा कसलाई कति ?
कर्णालीका मुख्यमन्त्रीले मासिक पारिश्रमिकका अतिरिक्त आवास, सवारी साधन, इन्धन, अतिथि सत्कार, भ्रमण भत्ता, सञ्चार सुविधा लगायतमा पनि रकम प्राप्त गर्दछन् । मुख्यमन्त्रीलाई अतिथि सत्कारका लागि मासिक २० हजार रुपैयाँ उपलब्ध गराइन्छ । विदेश भ्रमणमा मुख्यमन्त्रीले दैनिक २५० अमेरिकी डलर पाउने व्यवस्था छ ।
मन्त्रीहरुले पनि आवास सुविधा, सवारी साधन, इन्धन सुविधा प्राप्त गर्दछन् । मन्त्रीहरुलाई अतिथि सत्कार बापत मासिक १५ हजार उपलब्ध गराउने व्यवस्था ऐनले गरेको छ । मन्त्रीहरुले विदेश भ्रमणका क्रममा दैनिक २ सय अमेरिकी डलर पाउने व्यवस्था छ ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी