Butwal Today

दाङमा बस दुर्घटना हुँदा दुईको मृत्यु

८ माघ २०८०, सोमबार
अ+
अ-

दाङ, ८ माघ।

बस दुर्घटना हुँदा देउखुरीमा दुई जनाको मृत्यु भएको छ । मृतकहरुको सनाखत नभएको इलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी निरीक्षक लाल बहादुर श्रेष्ठले जानकारी दिए ।

बर्दियादेखि काठमाण्डौ जाँदै गरेको प्रदेश ३ ०१००५ ख ९७१९ नम्बरको यात्रुबहाक बस लमही नगरपालिका -९ रिहार नजिकै गएराती १२ बजे दुर्घटना भएको थियो । दुर्घटना हुँदा बसमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको हो ।

बसमा सवार अन्य यात्रुहरु सकुशल रहेका छन भने चालक सामान्य घाइते भएको र उनको कोहलपुरमा उपचार भैरहेको प्रहरीले बताएको छ ।

मृतकहरुको शव लमही अस्पतालमा राखिएको छ । बस दुर्घटनाको बारेमा अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।