© २०२३
लुम्बिनी, ३ माघ ।
नेपाल सरकार र एसियाली विकास बैँक (एडिबी) बिच पुर्वाधार निर्माण तथा विस्तारका लागि रु.६ अर्ब बराबरको सहुलियतपूर्ण ऋणमा सम्झौता भएको छ ।
एसियाली बिकास बैंकद्वारा ७५३ वटा पालिका मध्ये पोखरा महानगरपालिका, जनकपुर उपमहानगरपालिका, रुपन्देहीका सैनामैना नगरपालिका, लुम्बिनी साँस्कृतिक नगरपालिका, तिलोत्तमा नगरपालिका, देवदह नगरपालिका र सिद्धार्थ नगरपालिकाको पूर्वाधार विकास र विस्तारका लागि अनुदान सहायता तथा सहुलियतपूर्ण ऋणमा बुधबार सम्झौता भएको हो ।
अर्थ मन्त्रालय तथा शहरी विकास मन्त्रालय सिंहदरबार काठमाडौमा बुधबार औपचारिक रुपमा १ महानगरपालिका, १ उपमहानगरपालिका र ५ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतले एडिबीसँग सम्झौता पत्रमा हस्ताक्षर गरेको जनाईएको छ । यो संगै विभिन्न पूर्वाधार निर्माणका काम सुरु हुने भएको छ ।