© २०२३
सल्यान, ३ माघ ।
सल्यानमा बोल्न नसक्ने महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन् । जिल्लाको बनगाड कुपिण्डे नगरपालिका वडा नम्बर ४ डोप्केका २४ वर्षीय राम बहादुर बुढाथोकीलाई १९ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।
पुस २९ गते दिउँसो घरमा कोही नभएको मौका पारेर ती महिलालाई घर पछाडि करेसामा लगेर जबरजस्ती करणी गरेको भन्दै पीडितकी आमाले मंगलबार लिखित जाहेरी दिएपछि बुढाथोकीलाई प्रक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले एक बिज्ञपति मार्फत जानकारी दिएको छ । आरोपीलाइ २, माघमा नै प्रहरीले पक्राउ गरेको थियो ।
पीडित र प्रतिवादी दुवैको सल्यान जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षण गरी सल्यान जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।