ट्रेंडिंग:

>> दक्षिण कालिकामा कलशयात्रा, नवनिर्मित सिढीको उद्घाटन >> भूपु सैनिक स्वर्ण वर्ष मनाउदै >> कुलत र बालश्रम मुक्तका लागि तिलोत्तमा–४ मा वक्तृत्वकला >> गुल्मी उद्योग वाणिज्य संघमा नयाँ नेतृत्व >> शिक्षक महासंघद्वारा अनिश्चितकालीन शैक्षिक हड्ताल घोषणा >> लायन्सको योगदानको उच्च सम्मान गरौं >> पाणिनि तपोभूमि सम्मेलन विश्वमा पाणिनिको पहिचान स्थापित हुने >> दलित समुदायले कहिलेसम्म सहिरहने भेदभावको पीडा ? >> शान्तिका लागि खेलकुद दिवस सरकारले सुरु गरोस् खेलाडी प्रोत्साहन >> सीमा क्षेत्रमा तस्करी रोक्न प्रहरीले बढायो सक्रियता >> अर्घाखाँचीमा जिप दुर्घटना: दुई जनाको मृत्यु, दुई जना घाइते >> तम्घास–रिडी सडक महिनादिन बन्द >> दलिय गठबन्धनको अभ्यास फेल खादै >> आज रामनवमी पर्व मनाईँदै, सार्वजनिक बिदा >> आजको मौसम : यी प्रदेशमा वर्षाको सम्भावना >> दाउन्नेमा सडक विस्तारको कामलाई तिव्रता दिन रातीमा सडक बन्द गरिने, चार दिन दिउसोँमा बन्द गरि मर्मत गरिदै >> लुम्बिनी कप अन्तराष्ट्रिय आमन्त्रण महिला फुटबलको टि–सर्ट सार्वजनिक >> ड्रग्स नियन्त्रणका लागि विज्ञ कुवँरले पत्रकारमाझ प्रस्तुत गरे पाँच रणनीति >> कुवारी विद्यालयलाई रोटरी डाउनटाउनद्धारा ट्वाईलेट निमार्ण गरि हस्तान्तरण >> दोस्रो दिनको खेलमा स्टार र ईलिट जेआर विजयी >> भक्तपुरमा अन्तर नगर जिम्नास्टिक प्रतियोगिता >> थाइल्याण्ड भ्रमणबाट लगानी र सहकार्यका सम्भावना खुलेका छन् : प्रधानमन्त्री >> अक्षर इन्टरनेशनल स्कुलमा बार्षिकोत्सव तथा अभिभावक दिवस >> प्रथम उपमेयर कप फुटबल शुरु, आयोजक बिसपचहत्तर अन्तिम चारमा >> तीनकुने घटनाको निष्पक्ष छानविन हुन्छ : प्रधानमन्त्री >> यो हो विश्वको पहिलो हवाई दुर्घटना, लेफ्टिनेन्ट थोमस थियाे पहिलाे ज्यान गुमाउने व्यक्ति >> पोस्ट लाइक गर्दा मराठी कलाकारले गुमाए ६१ लाख रूपैयाँ >> यी हुन गाजर खानुको १० फाइदा, दिन्छ अनेक फाइदा >> दुई तारा ठोक्किदै, आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट >> रवि पक्राउ पछि एमाले महासचिवको प्रश्न, ‘आफ्ना पालामा सुधार किन नगरेको ? >> बुटवलमा अन्डर यू–१४ टी–२० क्रिकेट प्रतियोगिता सुरु >> रविलाई भैरहवा ल्याइयो, सोमबार कारागार पठाइने >> सिंचाइ आयोजना धेरै, सिंचाई कम >> तिलोत्तमाका किसानलाई कृषि औजार वितरण >> गाउँको खेत बारी >> चैते दशैं र यसको महत्व >> वनबाटिकाको अध्यक्षमा काँग्रेस–एमाले गठबन्धनलाई हराउँदै खिमलाल पाण्डेय विजयी >> डुबान रोक्न गुहार्दै उद्योगीहरू.. >> बढ्दो महिला फुटबलको क्रेज >> सिद्धार्थमा कक्षा १२ को बोर्ड परीक्षामा सहभागी हुने विद्यार्थीलाई बिदाइ >> रवि लामिछानेलाई आज भैरहवा ल्याइने >> रवि पक्राउपछि मध्यराति रास्वपाको निर्णय: कार्यवाहक सभापति डीपी, चितवन सभा नरोक्ने >> यसकारण निर्मलाले अदालतको गेटमै आत्मदाह गर्न खोजिन् >> जाजरकोट केन्द्रबिन्दु भएर ५.५ म्याग्निच्युडको भूकम्प >> मुख्यमन्त्री कप महिला भलिबलको सेमिफाईनल समीकरण पूरा >> महाबैमा एकिकृत स्वास्थ्य शिविर सम्पन्न >> रवि लामिछाने पक्राउ >> यू–१४ टी–२० क्रिकेटमा स्टार र ईलिट जेआर विजयी >> लुम्बिनी प्रादेशिक र सिभिल अस्पताल बीच सहकार्यको तयारी >> नेपाली नया वर्षमा बुटवल सडक खाना महोत्सव

प्राङ्गारिक कृषि मेलाको तयारी

३ माघ २०८०, बुधबार
३ माघ २०८०, बुधबार

बुटवल, ३ माघ ।

बुटवल उद्योग वाणिज्य संघले यही फागुनमा बुटवलमा सञ्चालन गर्न गईरहेको प्राङ्गारिक कृषि मेलाको सन्दर्भमा परामर्श बैठक गरिएको छ । बुधबार संघको सचिवालयमा आयोजना गरिएको बैठकमा कृषिसंग सम्बन्धित सरकारी संस्थाका प्रमुख तथा प्रतिनीधि, संघका परामर्शदाता लगायतको सहभागिता रहेको थियो । संघको आयोजनामा फागुन १० देखि १४ गतेसम्म बुटवलमा प्राङ्गारिक कृषि मेला हुँदैछ ।

बैठकमा मेलाको बारेमा जानकारी गराउँदै संघका अध्यक्ष हरिप्रसाद अर्यालले कृषिमा यान्त्रिकीकरण तथा वैज्ञानिक कृषि प्रणालीको प्रवद्र्धन गरी व्यावसायिक कृषिको विकासका लागि प्राङ्गारिक कृषि प्रणालीलाई जोड दिएर कृषि मेला आयोजना गरिएकोले यसलाई नाफाघाटा भन्दा पनि सफल बनाउन सबैको उत्तिकै भूमिका रहने बताए । उनले कृषिमा व्यावसायिक विकासका माध्यमबाट मुलुकको अर्थतन्त्रमा पनि ठूलो योगदान हुन सक्ने बताउँदै कृषिमा आधारिक औद्योगिक विकासलाई पनि संगसंगै अगाडि बढाउन सकिने धारणा राखे । उनले मेला सफल बनाउनको लागि आफ्नो ठाउँबाट सहयोग गर्नको लागि सरकारी कार्यालयका प्रमुख तथा प्रतिनीधिहरुलाई आग्रह समेत गरे ।

त्यस अवसरमा संघका निवर्तमान अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य उज्ज्वलप्रसाद कसजूले नेपालमा बहुसंख्यक जनता कृषिमा कर्ममा रहेपनि मुलुकको अर्थतन्त्रमा कृषिको योगदान न्यून हुनु राम्रो नभएको बताउँदै कृषि व्यवसायलाई प्रवद्र्धन विकास गर्नको लागि संघले विगतदेखि नियमित रुपमा कृषि मेला सञ्चालन गर्दै आएको बताए ।

त्यस्तै संघका पूर्वअध्यक्ष खिमबहादुर हमालले व्यावसायिक कृषिको विकासको लागि संघले २०६२ सालदेखि विशिष्टिकृत कृषि मेला सञ्चालन गर्दै आएको र छैठौं र एघारौं राष्ट्रिय प्राङगारिक कृषि मेला पनि सफलतापूर्वक सम्पन्न गर्न सफल भएको जानकारी गराए । उनले कृषिको विकासको लागि सरकारबाट जति हुनुपर्ने हो, त्यो हुन नसकेको बताउँदै निजी क्षेत्रको एकल प्रयासले मात्रै ठूलो उपलब्धि हासिल गर्न कठिनाई हुने बताए ।

बैठकमा लुम्बिनी प्रदेश कृषि विकास निर्देशनालय निर्देशक रामप्रसाद पाण्डे, पशुपंछी तथा मत्स्य विकास निर्देशनालयका वरिष्ठ पशु अधिकृत लेखनाथ भुसाल, प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम, कार्यान्वयन इकाई भैरहवाका वरिष्ठ कृषि अधिकृत नारायण काफ्ले, नेपाल लाईभस्टक सेक्टर इन्नोभेसन परियोजना, कार्यान्वयन इकाई बुटवलका डा. अरुण खनाल लगायतले कृषिको व्यवसायिक विकासलाई जोड दिएर बुटवल उद्योग वाणिज्य संघले निरन्तर कृषि मेला गर्दै आएको स्मरण गरे । उनीहरुले पछिल्लो पटक आयोजना गरिएको कृषि मेलालाई सफल बनाउनको लागि आफ्नो कार्यालयको तर्फबाट पूर्ण सहयोग रहने पनि प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका कृषि शाखा प्रमुख सन्तोष जिसी, सैनामैना नगरपालिका कृषि शाखाका रविन्द्र ज्ञवाली, देवदह नगरपालिकाका कृषि प्राविधिक पविन्द्रकुमार मल्लले पनि सम्बन्धित नगरपालिकाबाट पूर्ण सहयोग रहने प्रतिवद्धता व्यक्त गरे । कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष टंकप्रसाद गैरे, महासचिव मुक्तिप्रसाद अधिकारी, कृषि परामर्शदाता डा. प्रदिपकुमार शर्मा पौडेल लगायतले आ–आफ्नो भनाई राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0% 0% 0% 0%