© २०२३
पाल्पा, २ माघ। पवित्र धार्मिक स्थल रिडीको कालीगण्डकीमा यसवर्ष पनि पर्यटकहरुको भिड लागेको छ । पाल्पा, गुल्मी र स्याङ्जाको संगम रिडीको कालीगण्डकीमा स्नान गर्न तथा ऋषिकेश भगवानको दर्शन गर्ने धार्मिक भक्तजनहरुको भिड लागेको हो ।
माघे संक्रान्तीमा परम्पराकालदेखी कालीगण्डकी रुरु क्षेत्रधाममा जेठी, माईली र कान्छी सक्रान्तीको रुपमा विशेष धार्मिक मेला लाग्ने गर्दछ ।
माघे सक्रान्तीमा कालीगण्डकी स्नान गर्नाले मानिसहरु अन्जानमा गरेका सम्पुर्ण पाप नाश हुने, मृत्युपछी स्वर्गमा बास हुने जनबिश्वास रहेको छ । रुरु क्षेत्रधाम नेपालको चार धाम मध्ये एक मानिन्छ ।
यसको विशेष धार्मिक महत्व रहेको छ । पछिल्लोसमय यस क्षेत्रलाई धार्मिक पर्यटकिय स्थलका रुपमा विकास गर्ने गरि पुर्वाधार विकासका काम समेत अघि बढेको छ । रुरु क्षेत्रमा नेपालकै नमुना ३ मुखे पुल विशेष आर्कषणको केन्द्रका रुपमा रहेको छ । यो पुलबाट पाल्पा, गुल्मी र स्याङ्जा ३ वटै जिल्लामा पुलमा आवत जावत गर्न सकिन्छ ।