ट्रेंडिंग:

>> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने

बिदा मनाउन चन्द्रागिरि जाँदा अस्ताए सासु–ससुरासहित ज्वाइँ, नाती र नातिनी

२८ पुष २०८०, शनिबार
२८ पुष २०८०, शनिबार

काठमाडौं, २८ पुस ।

चन्द्रागिरी दुर्घटनामा मृत्यु हुने पाँचै जना एकै परिवारका भएको खुलेको छ । दुर्घटनामा परी सासु ससुरासहित, ज्वाईं, नाती र नातिनीको मृत्यु भएको हो । डा महेशकुमार गौतमको परिवार बिदा मनाउन शनिबार चन्द्रागिरी जाँदै थियो । तर चन्द्रागिरी दर्शन गर्न नपाउँदै दुःखद दुर्घटना भयो ।

६ वर्षीया छोरी र ४ वर्षीय छोरा सहित बिदा मनाउन हिँडेकामध्ये डा. गौतमकी श्रीमती बाहेक अन्य पाँच जनाले नै दुःखद मृत्युवरण गर्नपरेको हो।

दिउँसो झण्डै २ बज्न लाग्दा चन्द्रागिरि–४ स्थित हिमचुली सेतो पहिरामो परिवार नै सवार गाडी (कार) दुर्घटना भयो। दुर्घटनामा डा. गौतमसहित उनकी सासु ६४ वर्षीया कल्पना तिवारी, ६७ वर्षीय ओमकार निधि तिवारी, छोरी ६ वर्षीय स्मारिका गौतम र ४ वर्षीया प्रियान्स गौतमको निधन भएको छ।

सोही दुर्घटनामा परेकी डा. गौतमकी श्रीमती डा. सुष्टि तिवारी गौतम भने सकुसल रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार काठमाडौँबाट चित्लाङतर्फको सडकखण्डमा निधन भएका सो परिवार सवार गाडी अनियन्त्रित भइ ५ सय मिटर तल खसेको थियो।

डा. गौतमका सासु–ससुरा काठमाडौँको मैतिदेवीका वासिन्दा हुन्। छोरी–ज्वाँइसँग शनिबार घुमघाम गर्न हिँडेका उनीहरूमाझ यो विपत्ति आइपर्छ भन्ने कल्पना सम्म पनि थिएन।

नातिनातिनासँग जिस्कँदै छोरी–ज्वाइसँग उमंग बोकेर हिँडेका उनीहरू सेतो पहराको भिरमा अस्ताएका छन्।

प्रहरीका अनुसार डा. गौतमको परिवार भने काठमाडौँको लाजिम्पाटमा बस्दै आएको थियो।

एकै अस्पतालमा कार्यरत थिए चिकित्सक दम्पत्ती
महेशका श्रीमान् श्रीमती नै चिकित्सक हुन्। उनीहरू दुवैजना एउटै अस्पतालमा काम गर्छन्। ललितपुरको हरिसिद्धिस्थित क्यान्सर अस्पतालमा कार्यरत उनीहरू शनिबार परिवार बोकेर चन्द्रागिरि घुम्न गएका थिए।

जन्म दिने बुवा–आमा, कर्म दिने श्रीमान् र भविष्य बोकेका कलिला छोरा–छोरी आफ्नै आँखा अगाडी गुमाएर अस्पतालको बेडमा पुगेकी छिन्, डा. सृष्टि तिवारी गौतम।

चिताएको पूरा हुने विश्वाससहित चन्द्रागिरिको भालेश्वर मन्दिर हिँडेकी सुष्टि सेतो पहराको भीरमा परिवार गुमाउँदा आफू मात्रै बाँचेकी हुन्।

प्रहरीले अहिले शवहरू पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज लगेको छ। घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?