© २०२३
बुटवल, २७ पुस । बुटवलको सामरिक महत्व बोकेको जितगढी किल्लाको पत्रकारीता, लेखन र साहित्य क्षेत्रबाट प्रवद्र्धन महत्वपूर्ण योगदान दिएका पाच जना स्रष्टाहरुलाई जितगढी रत्नबाट सम्मान गरिएको छ । नेपालका राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३ सय २ औ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा लुम्बिनी बाङमय प्रतिष्ठानले शुक्रबार बुटवल जितगढीस्थित उजिरसिह माबिमा आयोजना गरिएको कार्यक्रममा बुटवलटुडे दैनिक तथा अनलाईनका स्तम्भकार महेन्द्र थापासहित ४ जनालाई जितगढी रत्नबाट सम्मान गरिएको हो ।
सम्मानित हुनेहरुमा लेखन, साहित्यका माध्यमबाट योगदान दिएका झपेन्द्र जिसी, पदम कार्की, देवेन्द्रराज शाक्य र रबिन्द्रगोपाल लाकौल समेत रहेका छन । एक समारोहका बिच साहित्यकार जंगबहादुर शाह, २२ नं बाहिनीका बाहिनीपति सहायकरथी ललित बहादुर कुवरले सम्मानपत्र र फुलमालाबाट पाचै जनालाई सम्मान गरेका थिए ।
कार्यक्रममा अग्रज पत्रकार मदनलाल पौडेल, बालकृष्ण चापागाईले पृथ्वीनारायण शाहको योगदान बारे चर्चा गरेका थिए । यसैगरि विभिन्न स्रष्टाहरुले कवितावाचन समेत गरेका थिए ।