© २०२३
बुटवल ।
धेरैले सामान्य रुपमा लिने गरेको जाडो अर्थात् चिसो मौसम स्वास्थ्यका लागि भने जोखिमयुक्त भएको चिकित्सकले जनाएका छन् । विज्ञहरुका अनुसार पुस तेस्रो सातादेखि चिसो ह्वात्तै बढ्दै गएको छ ।
चिसोकै कारणले विभिन्न रोग देखा परेको चिकित्सकले बताएका छन् । चिसो बढेसँगै दम, निमोनिया, टन्सिल, ब्रोङकेल आज्मा, रुघाखोकी, ज्वरो जस्ता रोग बढेका हुन् । चिसोकै कारण बालबालिकामा श्वासप्रस्वास सम्बन्धी समस्या देखिएको सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दाका बालरोग विशेषज्ञ डा. सन्तोष पोखरेलले बताए ।
“चिसोले श्वासनली, फोक्सोमा संक्रमण बढ्ने, अक्सिजन घट्ने, श्वास–प्रश्वास घट्ने, हातखुट्टा काम्ने समस्या देखिन्छ’, उनले भने ।