© २०२३
निरु गुरुङ (मनु)
बुटवल ।
बुटवल उपमहानगरपालिका वडा नं ७ मा रहेको सिद्धेश्वर लाल कुमारी माविमा विद्यार्थीहरुलाई ट्रयाक सुट वितरण गरिएको छ ।
विभिन्न बिभिन्न सामाजिक सघं संस्था तथा सहयोगी दाताहरुको सहयोगमा न्यानो कपडा ट्रयाक सुट वितरण गरिएको सागर प्रसाद न्यौपानले जानकारी दिए । विद्यालयमा अध्ययनरत ५०० विद्यार्थीहरुलाई ट्रयाक सुट वितरण गरिएको हो ।
वडा ७ का वडाध्यक्ष पदमराज गाहाबाट ६६ हजार मूल्य बराबरको १०० पिस, तिल प्रसाद भट्टराईबाट ३३ हजार मूल्य बरारको ५० पिस, शिवनगर सामुदायिक वनका अध्यक्ष मनोज गौचनबाट ३३ हजार बराबरको सहयोग गरिएको छ । त्यस्तै पशुपति गाहाबाट ३३ हजार बराबरको ५० पिस, सिद्धेश्वर शिवालय मन्दिरबाट २५ हजार बराबरको ३८ पिस सहयोग भएको छ भने लायन्स क्लब अफ इन्जिनियर्सका अध्यक्ष अर्जुन गिरी र लायन्स डिस्ट्रिक एड्भाइजर कुसुमराज ज्ञवालीबाट ३३ हजार बराबरको ५० पिस, लुम्बिनी पुस्तक पसलका हरि प्रसाद अर्यालबाट १५ हजार बराबरको २३ पिस, कार्य पालिका सदस्य राधा पौडेलबाट ६६ सय बराबरको १० पिस, कार्यपालिका सदस्य सुनिता खल्तुकबाट ६६ सय बराबरको १० पिस, वडासदस्य बिर बहादुर लामाबाट ३३ सय बराबरको ५ पिस, वडा सदस्य सन्दिप खनालबाट ३३ सय बराबरको ५ पिस, वडा सदस्य तुल्सी बिकबाट ३३ सय बराबरको ५ पिस ट्रयाक सुट सहयोग भएको छ ।
यसोधा फुड्स प्रालि संचालक नरिश्वर पौडेल र चुन्नु प्रसाद पौडेलबाट ३३ हजार बराबरको ५० पिस, स्वर्णिम चौतारी रुपन्देही परिवारबाट २८ हजार बराबरको ४० जोर जुत्ता सहयोग भएको छ ।
कार्यक्रममा बुटवल वडा नं .७ का वडाअध्यक्ष पदमराज गाहाले चिसो मौसमलाई ध्यान मा राख्दै सामुदायिक विद्यालयमा सामान्य परिवारका बालबालिका धेरैजसो अध्ययन गर्ने भएकाले पोसाकमा लाग्ने खर्च बचाउन सकिने सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर बढाउन प्रयासरत रहने बताए ।
बुटवल ८ का वडाअध्यक्ष यज्ञ पंगेनीले विद्यार्थीहरुलाई पोसाक वितरण गरी धेरै थोरै सहयोग हुने र यो प्रशंसनीय काम भएको बताए । बुटवल ४ का वडाअध्यक्ष नरिश्वर पौडेल, विद्यालयका प्रधानाध्यापक दिनानाथ गिरीले पनि आफ्नो भनाइ राखेका थिए ।