© २०२३
बुटवल, २५ पुस ।
नेपाल चिकित्सक संघ लुम्बिनी शाखाको कार्यकारिणी समिति २०८०—२०८३ कार्यकालका लागि निर्वाचनबाट डा. कृष्ण खरेलको अध्यक्षतामा १३ सदस्यीय नया नेतृत्व सर्वसम्मत चयन भएका छन् । बुधबार भएको निर्वाचन कार्य तालिका अनुसार उम्मेदवारीको समयावधिमा तोकिएको १३ पदका लागि मात्र उम्मेदवारी परेसंगै सर्वसम्मत भएको निर्वाचन समितिका संयोजक श्रीधर आचार्यले बताए । ३ वर्षको लागि नया नेतृत्व चयन भएको हो ।
जसको वरिष्ठ उपाध्यक्ष डा. सन्दिप सुवेदी, उपाध्यक्ष डा. वर्षा थापा, महासचिव डा. प्रकाश बस्नेत, कोषाध्यक्ष डा. रमेश भट्टराई, सहसचिव डा. मोहनलाल तिवारी, सहकोषाध्यक्ष डा. अमित चतुर्वेदी र सदस्यहरुमा डा. रमेश अर्याल, डा. सरोज थापा, डा. मनिष विश्वकर्मा, डा. राजेन्द्र बश्याल, डा. सदिक्षा चापागाई, डा. आकाश शाही रहेका छन् ।
चिकित्सा क्षेत्रमा पछिल्लो समय बढेको विकृतिका बिरुद्ध आफ्नो उम्मेदबारी दिएको अध्यक्ष डा. कृष्ण खरेलले बताए । हरेक बिरामीलाई उपचार गरेर मृत्युको मुखबाट फर्काउन चाहने सहित चिकित्सक सेवा दिने गरेको भएपनि कतिपय दुर्घटनालाई गलत ढंगबाट ब्याख्या गर्ने प्रवृद्धिलाई चिर्न जरुरी रहेको उनले बताए । सरकारले कानुन बनाएर बिकृति रोक्नेतर्फ लाग्नुपर्ने उनको सुझाव छ । शाखामा ४ सय जना चिकित्सकहरु आवद्ध छन् भने देशभरमा ३५ हजार चिकित्सकहरु संघमा आवद्ध रहेको तथ्यांक रहको छ ।