ट्रेंडिंग:

>> भ्रष्टाचार नियन्त्रणमा मिडियाको भूमिकाबारे बुटवलमा अन्तरसंवाद >> अध्यक्ष र महासचिवलाई गालीगलौज गरेको भन्दै लुम्बिनी प्रदेश सभा सदस्यमाथि एमालेको कारबाही >> घोराहीको न्यायिक समितिद्धारा ४४ प्रतिशत विवाद मिलापत्र >> एनपीएलमा उत्कृष्ट नेपाली खेलाडीले कार पुरस्कार पाउने >> मेलामा स्टेज तनाउने सास्कृतिक उपसमितिको तयारी >> सूर्य नेपाल सेन्ट्रल ओपनको दोस्रो दिन तोरण विक्रम शाही शीर्षस्थानमा कायमै, सुनिलमाथि ३ स्ट्रोकले अग्रता >> तेस्रो दीक्षान्त समारोह गर्दै लुम्बिनी बौद्ध विश्वविद्यालय >> गैरकानुनी रुपमा नेपाल प्रवेश गरेका दुई चिनिया नागरिक पक्राउ >> अस्थायी र ज्यालादारीलाई पनि सामाजिक सुरक्षाको दायरामा समेटछाैंः प्रधानमन्त्री >> हङकङको सर्वोच्च अदालत समलिङ्गी जोडीको पक्षमा, दियो आवास अधिकार >> हिजबुल्लाह युद्बबिराम रोक्न सकरात्मक, चाँडै सहमति हुन सक्ने >> सामाजिक सुरक्षाको अवधारणा एमालेकाे हाे, अझ रचनात्मक बनाउँछाैंः अर्थमन्त्री पाैडेल >> सरकारको मनोमानी कर आतंक बिरुद्धको आन्दोलन अझै कडा बनाउँने आजपाको निर्णय >> पेस्तोल सहित युवक पक्राउ >> एसिसी यु–१९ एसिया कप खेल्न युएई जाने नेपाली टोलीलाई विदाई >> बिदेशबाट फर्केपछि कृषिमा रमाएका हरपल >> बक्यौता रकम नपाएसम्म लिग नखेल्ने ‘बी’ डिभिजन क्लबको चेतावनी >> प्रसाइलाइ सर्वोच्च अदालतमा ल्याइयो >> बंगलादेशमा हिन्दु गुरू पक्राउ पछि देशभरी प्रदर्शन >> इमरानको रिहाईका लागि सुरु भएको प्रदर्शनमा ६ सुरक्षाकर्मीको मृत्यु >> खेतमा भेटिएको नवजात शिशुको जिम्मा सहनी परिवारलाई >> बालकृष्णकाे ‘चपुर घुम्न जाउँ…’ गीत सार्वजनिक >> भक्तपुरमा राजश्व संकलन: गतवर्ष भन्दा राम्रो >> अब कसैले अनाथ भएँ भन्नु पर्दैन: प्रधानमन्त्री >> सुनको मूल्य तोलामा फेरि २६०० रुपैयाँ घढ्यो >> क्यान पाल्पामा नयाँ नेतृत्व >> क्यान महासंघ गुल्मीमा केसी >> बाणगंगाका कृषक प्रविधिमा जोडिँदै >> अभिभावकका अगाडि विद्यार्थीले देखाए प्रतिभा >> उद्घाटन भएपनि सञ्चालनमा आएन सडक पूर्वाधार कार्यालय >> मधुवनद्वारा विपन्न परिवारलाई आवास >> लोप हुँदै गएको गन्धर्ब पेशा संरक्षण गर >> राजनीतिप्रति चरम बितृष्णा किन ? >> घट्छ भन्दाभन्दै बढ्यो धान >> रवि लामिछानेलाई आज काठमाडौँ लगिने >> कोटइमाईमा ६ हजार किसानलाई निःशुल्क बिजुली >> तराईका केही भूभागमा हुस्सु >> नदी उत्खनन् हुँदा सोनहालाई सुन खोज्नै धौ >> माछा किसानलाई कृषि मिटर कहिले ? >> लुम्बिनी प्रदेशमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान शुरु >> महिला विरुद्ध हिंसा निराकरण गर्न प्रजिअ मार्फत ज्ञापनपत्र >> दीपमा प्रतिभा प्रस्फुटन कार्यक्रम >> कर्मचारी नभएपछि दुई दिन देखि वडा कार्यालय बन्द >> दृष्टिविहीन विश्वकप क्रिकेटमा नेपालको शानदार जित >> प्रचण्डको सरकार रहुञ्जेल देश आर्थिक संकटमा पर्‍यो : शंकर पोखरेल >> एसपी कमल थापामाथि थप अनुसन्धान गर्न सरकारी वकिलको निर्देशन >> ‘चिनिया कार्ड’ अभिब्यक्तिबारे प्रचण्डकाे ओलीसमक्ष प्रस्टीकरण >> सुदुरपश्चिम पृतनामा रक्षा संवाददाता अभिमुखिकरण शुरु >> चीनसँग ऋण सम्झौता नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता >> ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित

विमानस्थल असफल बनाउने तानाबाना

२५ पुष २०८०, बुधबार
२५ पुष २०८०, बुधबार

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्णरूपमा सञ्चालनमा नआउँदा लुम्बिनी प्रदेशकै विकासमा धक्का पुगेको छ । व्यवसायीहरूले विमानस्थल सञ्चालनमा नआउँदा पर्यटन उद्योगलाई असर पुगेको भन्दै विभिन्न चरणमा आन्दोलन समेत गरेका छन तरपनि विमानस्थल पूर्ण सञ्चालनमा आउन सकेको छैन । बि.सं. २०७९ जेठमा उदघाटन भएको विमानस्थल नियमित सञ्चालनको लागि भैरहवाका व्यवसायीले ठूलो दवाव दिएका छन तर माग पूरा हुन नसक्नु चिन्ताको कुरा हो । विमानस्थल चलाउन तदारुकता नदेखाउने सरकारबाट के अपेक्षा गर्ने ? अन्तर्राष्ट्रिय उडानको उदघाटन हुँदै गर्दा मुलुकले ७० बर्षपछि राजधानी बाहिर पहिलो अन्तर्राष्ट्रिय उडानको अवसर पाएको थियो । अन्तर्राष्ट्रिय उडानसंगै यस क्षेत्रका पर्यटन व्यवसायीमा आशा र भरोसाको लोभलाग्दो वातावरण तयार हुँदैथियो । तर, आशा र भरोसमाथि घात भएको छ । अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको लागि सरकारले ठोस पहल गर्न सकेन् । येनकेन जजिराले अन्तर्राष्ट्रिय उडान गरिरहेको थियो तर त्यसले पनि उडान नियमित गर्न सकेन । करिव डेढ बर्षको बीचमा धेरै अन्तर्राष्ट्रिय उडड्यन कम्पनीहरूले उडानको प्रतिवद्धता जनाए तर अहिलेसम्म यो विमानस्थललाई गुमराह बनाउने काम भएको छ । मुलुकले पाएको भरपर्दाे र विश्वासयोग्य उडानमा भएको अवरोधले पर्यटन व्यवसायीमा ठूलो निरासा छाएको छ । यो विमानस्थलबाट भारतसंग सिधा एयर रुट छैन । भारतले आकास उपलब्ध नगराउँदा अनिश्चयको वातावरण सिर्जना भएको बताइएपनि नेपालकै प्रशासकहरूको केन्द्रिकृत मानसिकताले यसमा धेरै काम गरेको आशंकामाथि बल पुगेको छ । त्यसमाथि जजिराले समेत यात्रुको अभाव र भैरहवामा लाग्ने हुस्सुको कारण देखाएर उडान नै बन्द गरेपछि बिमानस्थलको भविष्यलाई लिएर धेरै चिन्ता थपिएको छ । कतिपयले त उडान माफियाहरूले काठमाण्डौं बाहिरबाट अन्तर्राष्ट्रिय उडान भएको देख्नै र सुन्नै नचाहेको र उनीहरूकै कारण भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई जसरीपनि असफल बनाउने प्रयास गरिरहेको बताउने गरेका छन । उनीहरूको तर्कमा सत्यता पनि छ । किनभने पोखरामा बनेर तयार भएको विमानस्थलपनि पूर्ण सञ्चालनको पर्खाइमा छ ।

भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई जसरीपनि सफल वताउने विषयमा सरकार, यस क्षेत्रका पर्यटन व्यवसायी र आम जनता सवैको ध्यान जाओस् । पर्यटन व्यवसायीको आन्दोलनलाई सरकारले गंभीररूपमा लिनु जरुरी छ । निश्चितरूपमा गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान रोकिँदा निजी क्षेत्र निराश छ । तसर्थ अव छिटोभन्दा छिटो अन्तर्राष्ट्रिय उडान सुरु होस् । अन्यथा विमानस्थल सञ्चालनका लागि लुम्बिनी प्रदेशको जनता सडकमा उत्रिन बाध्य हुने अवस्था नआओस् । विमानस्थल बनाउँदा स्थानीयबासीले यस क्षेत्रको विकास हुन्छ भनेर स्वतस्फूर्त रूपमा जग्गा दिएका थिए । त्यसभित्र भैरहवाको स्वार्थमात्र नभएर समग्र लुम्बिनी प्रदेशकै भविष्य जोडिएको थियो । आज यो बिमानस्थललाई अलपत्र बनाउने काम भएको छ । यो विमानस्थल भैरहवाबासीको मात्र नभई राष्ट्रिय गौरवको आयोजना हो । विमानस्थललाई लक्षित गरेर व्यवसायीले महंगो ब्याजदरमा बैंकबाट ऋण लिएर व्यवसायमा लगानी गरेका छन तर आज व्यवसाय डुब्ने अवस्था आएको छ । प्रदेश सरकारले विमानस्थल सञ्चालनका लागि पहल त गरेको छ तर खासै दवाव दिन नसकेको महसुस भैरहेको छ । विमानस्थल सञ्चालनमा अवरोध गर्नेहरूकै कारण विमानस्थल पूर्ण सञ्चालनमा आउन जटिलता थपिएको अवस्थामा संघीय सरकारले त्यस्ता जटिलता बुझ्ने काम गरोस् । बाहिर आश्वासनको पोका छर्ने तर भित्रबाट षडयन्त्रको तानाबाना बुन्ने काम नहोस् । अतः संघीय सरकारले नेतृत्व लिएर विमानस्थल सञ्चालनमा तदारुकता देखाओस् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?