ट्रेंडिंग:

>> ब्रान्ड ब्ल्याक शार्क नेपाल भित्रदै >> गुल्मीमा ६५ उत्कृष्ट उद्यमीहरू सम्मानित >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> सञ्चालन नहुँदै जीर्ण भयो कुश्मा बसपार्क >> ‘एन्टिबायोटिकको प्रयोगले विकराल समस्या’ >> अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस >> सरकारविरुद्धको स्याल हुइयाँ विरोध र औचित्य >> उखु किसानको पीडाः मिलले पैसा खायो, मिलिबगले उखु >> छात्रतर्फ कालिका, छात्रामा न्यु होराईजनलाई उपाधि >> कपिलवस्तुमा प्रधानाध्यापकमाथि सांघातिक आक्रमण >> मञ्च गठन गरी संघीयताको विरोध >> ‘साना किसान’ जिल्लामै अब्बल >> ‘छोरी क्रिकेट’ को क्रेज >> आफ्नै हस्ताक्षरसहितको चेक भेटिएपछि बयानपछि बरण्डामा गएर घोरिएका थिए लामिछाने >> राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो >> माटोमा अम्लीयपन बढ्दै, खेतीको उत्पादकत्व घट्दै >> रवि लामिछाने थप १५ दिन हिरासतमा >> भ्रष्टाचार नियन्त्रणमा नागरिक खबरदारीको आवश्यकताः मुख्यमन्त्री आचार्य  >> कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ नियुक्त >> सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजिनामा >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> १३ औं कपिलवस्तु डान्स आइडलको अडिसन सुरु, २५ जना सहभागी >> नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय: सभामुख >> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट >> टाईगर प्यालेस रिसोर्टस्को व्यवस्थापन सोल्टीले गर्ने >> शिक्षाको जग उठाउन बाल बिकास तालिम >> चाडपर्वपछि रगत अभाव >> राप्तीमा स्थानीय उत्पादनको प्रोत्साहन >> सरकारले विकास योजनाको प्राथमिकीकरण गर्नुपर्छ: अध्यक्ष सिंह >> पशु सेवा केन्द्रबाट सेवा शुरु >> अख्तियारमा गुल्मीका ६० उजुरी >> बिपीन रिहाईको पहलमा किन ढिलाई ? >> विपश्यना ध्यान, आफैसँग नजिक हुने अवसर >> धरहरा व्यवसायिक रूपमा खुला : आजदेखि शुल्क तिरेर चढ्न पाइने >> कारागार तथा थुनुवा कक्षको अनुगमनमा मुख्य न्यायाधिवक्ताको कार्यालय >> किसान माविमा शौचालय जान पालो >> धेरैलाई थाहा छैन बौद्धकालिन ‘उत्तरक ताल’ >> एसीसी १९ वर्षमुनिको एशिया कपका लागि नेपाली टोलीको घोषणा >> दुई प्रदेशमा वर्षा, पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना >> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना

जनअपेक्षाअनुसार शान्ति सुरक्षा पहिलो कर्तव्यः महानिरीक्षक कुँवर

२४ पुष २०८०, मंगलवार
२४ पुष २०८०, मंगलवार

पाल्पा, २४ पुस ।

प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवरले प्रहरी कार्यालय पाल्पामा नवनिर्मित कार्यालय भवनहरूको उद्घाटन गरेका छन् । एक कार्यक्रमबीच प्रहरी महानिरीक्षक कुँवरले कार्यालय प्रमुख निवास, प्रहरी ब्यारेक, भान्सा घर, हिरासत र मेश भवनहरूको उद्घाटन गरेका हुन् । साथै उनले उक्त नवनिर्मित भवनहरूको निरीक्षण समेत गरेका छन् ।

उनले भवन उद्घाटनपछिको कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी संगठनलाई संस्थागत रुपमा मजबुत र सक्षम बनाउन प्रहरी प्रधान कार्यालय सदैव कटिबद्ध रहेको बताएका छन् । महानिरीक्षक कुँवरले भने, ‘आवास तथा भौतिक पूर्वाधारमा आत्मनिर्भर बनाई प्रहरी कर्मचारीहरूको क्षमता अभिवृद्धि गर्नेदेखि वैज्ञानिक र प्राविधिक उपकरणहरूको प्राप्ति र प्रयोगद्वारा संगठनलाई संस्थागत रूपमा मजबुत र सक्षम बनाउन हामी सदैव कटिबद्ध र प्रयासरत छौं ।’ आधुनिक भवनहरूसँगै प्रहरीको सेवाप्रतिको इमानदारिता, जिम्मेवारी बोध, प्रहरी आचरण र व्यवहारले प्रहरीप्रतिको जनविश्वास अभिवृद्धि गर्ने विश्वास उनले व्यक्त गरे । भवनहरू सबैको साझा सम्पत्ति रहेको उल्लेख गर्दै प्रहरी महानिरीक्षक कुँवरले नवनिर्मित भवनहरूप्रति अपनत्वको भाव राखेर उचित संरक्षण, संवद्र्धन गर्दै दीर्घकालसम्म जर्गेनाका लागि सहयोग गर्न सबैसँग आग्रह गरे । उनले सिमित स्रोत र साधनको प्रयोग गरी शान्ति सुरक्षा प्रवाह गर्दै आएको बताए ।

महानिरीक्षक कुँवरले शान्ति सुरक्षाको अभावमा देश समृद्धि हुन नसक्ने धारणा व्यक्त गरे । उनले नागरिकमैत्री प्रहरी संगठन भएमात्रै जनविश्वास जित्न सकिने पनि उल्लेख गरे । ‘नागरिकमैत्री प्रहरीका रूपमा पारदर्शी, जवाफदेही, सेवाग्राही र नागरिक स्वीकार्य, मानव अधिकारको संरक्षण र सम्मानको कसीमा प्रहरीका काम कारबाहीहरू उत्कृष्ट हुन्छन्,’ महानिरीक्षक कुँवरले भने, ‘त्यसका लागि प्रहरी कर्मचारीको मनोबल बढाउन आवश्यक छ । प्रहरी कर्मचारीको उत्प्रेरणा तथा मनोबल अभिवृद्धिमार्फत प्रहरी सेवा प्रवाहमा प्रभावकारिता वृद्धि गर्दै आन्तरिक सुदृढीकरण र शुद्धीकरणको लक्ष्य हासिल गर्न हामी लागि परेका छौं ।’ उनले जनअपेक्षा अनुसार शान्ति सुरक्षा प्रवाह गर्न जिल्लाको प्रहरी संगठनलाई निर्देशन समेत दिए । लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी नायब महानिरीक्षक उमेश राज जोशीले संगठनलाई सुधार्न, थप सुदृढ एवं बलियो बनाउन सबैको साथ सहयोग आवश्यक रहेको उल्लेख गरे । उनले शान्ति सुरक्षाको हिसावले पाल्पा जिल्ला प्रदेशकै नमुना जिल्ला रहेको समेत बताए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी आनन्द काफ्ले, नेपाली काँग्रेस पाल्पाका कार्यवाहक सभापति झपेन्द्र गहिरे, रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापा लगायतले आ–आफ्ना धारणा राखेका थिए । नेपाल सरकारको नियमित बजेटबाट दुई चरणमा ठेक्का आह्वान गरी ६ करोड ९५ लाख ५५ हजार ४ सय ३९ रुपैयाँको लागतमा भवन निर्माण कार्य सम्पन्न भएको हो । भवन निर्माणको काम २०७६ ÷१२÷०६ मा सुरु भई २०८०÷२÷३० मा सकिएको जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उपरीक्षक हेरम्बर शर्माले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?