ट्रेंडिंग:

>> प्रकाश तिमी नपढेर हरायौ । >> प्रधानमन्त्री ओली न्युयोर्कमा >> तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन >> ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा >> नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति >> चाडबाडमा बजार अनुगमनलाई नियमित गरिने >> भगवानको प्रतीक गोधनी ट्याटु >> दुना–टपरी उद्योगः गरिबी न्यूनीकरण र वातावरण संरक्षणको उदाहरण >> कार्यालय सदरमुकाममै राख्नुपर्ने भन्दै ध्यानाकर्षण >> किताब बेच्ने मान्छे ! >> पुलको डिजाइनमा समस्या देखाउँदै ठेकेदार >> वलीको प्रेरणादायक उद्यम यात्रा >> अन्तरिक्षमा अन्तरिक्ष यात्रीको जीवन कस्तो हुन्छ ? >> राजापाक्षे भागेपछि श्रीलंकामा आज पहिलो राष्ट्रपति निर्वाचन हुँदै >> एरिका एसियन कराते च्याम्पियनसिपको फाइनलमा पुग्ने पहिलो नेपाली खेलाडी >> देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा धेरै वर्षाको सम्भावना >> दशैँको टीकाको साइत ११ बजेर ३६ मिनेटमा >> अनेरास्ववियु रुपन्देही संगठन विस्तारमा : बुटवल र तिलोत्तमाको नगर अधिवेशन सम्पन्न >> राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ति बुटवललाई >> माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु >> रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी >> राजश्व बाँडफाँड कर्णालीका लागि न्यायोचित छैन: मुख्यमन्त्री कँडेल >> लिस्नु क्वाटरफाईनलमा >> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित >> बुटवलमा निजी संस्थाले आफ्नो प्रचारका लागि सरकारी अस्पतालको नाम जोडेका सामग्री हटाउँदै  >> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस >> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा

देवदह २ ‘पूर्ण संस्थागत प्रसुती युक्त वडा’ घोषणा

२४ पुष २०८०, मंगलवार
२४ पुष २०८०, मंगलवार

देवदह ।

रुपन्देहीको देवदह नगरपालिका वडा नं २ लाई पूर्ण संस्थागत प्रसुती युक्त वडा घोषणा गरिएको छ । देवदह नगरपालिका वडा नम्बर २ पूर्ण संस्थागत प्रसुती युक्त वडा घोषणा हुने देवदहको पहिलो वडा हो । सोमबार देवदह २ मा अवस्थित केरवानी स्वास्थ्य चौकीमा एक कार्यक्रमको आयोजना गरि पूर्ण संस्थागत प्रसुती युक्त वडा घोषणा गरिएको हो।

देवदह नगरपालिकाका उपप्रमुख विद्या लक्ष्मी गुरुङले देवदह नगरपालिका जिरो होम डेलिभरी पालिका बनाउने अभियानमा लागेको र जस अन्तर्गत देवदह वडा नम्बर २ पूर्ण संस्थागत प्रसुती युक्त वडा घोषणा भएको भन्दै खुशी व्यक्त गरिन् ।

कुनै पनि अभियान घोषणा मात्र गरेर सफल नहुने बताउदै उपप्रमुख गुरुङले निरन्तर रुपमा निगरानी गरि घोषणा भएको कार्यक्रमको अनुगमन गरिने बताइन् । उपप्रमुखको संयोजकत्वमा बनेको नगर प्रजनन समिति र सम्बन्धित वडाको वडा अध्यक्षको संयोजकत्वमा बनेको वडा प्रजनन समितिले पूर्ण संस्थागत प्रसुती युक्त वडामा भएका गतिविधिको अनुगमन गरिने उपप्रमुख गुरुङको भनाई थियो ।

सोही अवसरमा केरवानी स्वास्थ्य चौकीमा स्थापना भएको सुरक्षित स्तनपान कक्षको उद्घाटन गरिएको थियो । देवदह नगरपालिकालाई स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राखेर काम गरेको बताउँदै नगर उपप्रमुख गुरुङले महिलाको प्रजनन स्वास्थ्य संबेदनसिलताको ख्याल गर्दै देवदह नगरपालिकालाई जिरो होम डेलिभरी पालिका बनाउने गरि लागेको र अभियानमा साथ दिन आग्रह गरिन् ।

उक्त वडामा ‘पूर्ण संस्थागत प्रसुतियुक्त वडा’को सबै मापदण्ड पपुगेको र सुरक्षित रुपमा सुत्केरी भएको पाइएपछि ‘पूर्ण संस्थागत प्रसुतियुक्त वडा’ घोषणा गरिएको देवदह नगरपालिकाका स्वास्थ्य संयोजक काशिनाथ बञ्जाडेले जानकारी दिए । सोही अवसरमा केरवानी स्वास्थ्य चौकीले संस्थामा कार्यरत सम्पुर्ण स्वास्थ्यकर्मी, कर्मचारी र महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुलाइ सम्मान गरेको थियो। साथै स्वास्थ्य चौकीलाइ सम्मानजनक मातृ तथा नवजात शिशु स्वास्थ्य प्रवर्द्धन परियोजनाको माध्यमबाट आर्थिक तथा भौतिक सामाग्रीहरुको सहयोग तथा कर्मचारीहरुलाइ तालिमको व्यवस्था मिलाएर सेवा प्रवाह गुणस्तर बनाउन सहयोग गर्ने ग्रिन तारा नेपाललाई पनि केरवानी स्वास्थ्य चौकीले ससम्मान बिदाइ गरेको छ ।

कार्यक्रममा देवदह नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष दल बहादुर राकस्कोटी, केरवानी स्वास्थ्य चौकी प्रमुख काशीराम रेग्मी, देवदह नगरपालिका स्वास्थ्य शाखाका कर्मचारी माया पुनलगायतले पनि मन्तव्य व्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?