ट्रेंडिंग:

>> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा >> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा
१२ औं वार्षिकोत्सव विशेष

पुरानो शहरको नयाँ रूप सिद्धार्थनगर

२२ पुष २०८०, आईतवार
२२ पुष २०८०, आईतवार

फराकिला सडक, व्यवस्थित फुटपाथ र चिटिक्क हरियाली सडकसहित देशकै सुन्दर नगरको रूपमा सिद्धार्थनगरको परिचय स्थापित हुन थालेको छ । सिद्धार्थनगरमा रहेका भित्रि सडकहरूको स्तरोन्नति, सडक फराकिला र सफा हुँदा विदेशका सडकको झल्को समेत पाउन सकिन्छ । ठूला सडक, हरियाली बोटबिरुवा, डण्डा करिडोर, पर्यटकीय गेटले सिद्धार्थनगरलाई थप आकर्षक र मनमोहक बनाएका छन् ।
पहिलो चरण, दोश्रो चरणका काम सहित तेश्रो चरणमा एसियाली विकास बैँक (एडीबी) को लगानीमा हुन लागेका विकासका योजनाले सिद्धार्थनगरको मुहार फेर्न लागेको छ । सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख इस्तियाक अहमद खाँनले यो आर्थिक वर्षमा नगरलाई ग्रीन नगरपालिका बनाउने उद्देश्य अनुसार सिद्धार्थनगर नगरपालिकामा साढे १२ हजार रुख बिरुवा लगाइसकेको बताए । “हामीले डण्डा करिडोरको विकास गरेका छौँ, सिद्धार्थनगर अब विकासले काँचुली फेरिँदै छ”– खाँनले भने, “गाई गोरुलाई गौशालामा राखिएको छ, छाडा कुकुरलाई अब बन्ध्याकरण गर्दै छौँ ।”

फुटपाथ सहित २७ किलोमिटर सडक पूरा भएपछि सिद्धार्थनगरमा पर्यटन प्रवद्र्धन हुनुका साथै नगरले विकासको मुहार फेरिने नगरप्रमुख खाँनले बताए । “सडक विकास भनेको विकासको मुख्य आधार हो, गुणस्तरीय पनि हुन्छ, नगरलाई यो खालको विकासमा लैजान ३ अर्ब जति लगानी हुँदै छ”– खाँनले भने, “यो बहुवर्षीय योजना हो अब हामी डिपिआर बनाउँदैछौँ ।” सिद्धार्थनगर नगरपालिकाका उप प्रमुख उमा अधिकारीले सिद्धार्थनगर नगरपालिकामा आन्तरिक श्रोत खासै नभएको सन्दर्भमा एडीबीको लगानीले नगरमा विकास भएको बताइन् । एडीबीले विश्वास कमाएको छ, समयमै धेरै काम सम्पन्न भएका छन्, अधिकारीले भनिन्, “यहाँका सडक फराकिला, धेरै राम्रा भएका छन्, अन्य क्षेत्रमा खासै काम नभएको अवस्थामा एडीबी मार्फत सिद्धार्थनगरमा २ वटा फेज पूर्णरूपमा सफल भएर तेस्रो फेजको लगानी लगाउने आउने तयारी हुँदै छ । बिगत जस्तै तेस्रो चरणमा समेत सफलरूपमा काम सम्पन्न भई सिद्धार्थनगर नगरपालिकामा विकासको मुहार फेरिने छ ।
सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज पौड्यालले सिद्धार्थनगरमा भएको विकासले प्रमुख आन्तरिक तथा बाह्य पर्यटकको प्रवद्र्धन हुने बताए । “सडकको विकास भएपछि पर्यटक आउँछन्, पर्यटक आएपछि बढी चलायमान पनि हुन्छ, हाम्रो अहिलेसम्मको मान्यता भनेको सडक निर्माण हुनु भनेको विकासको मुख्य आधार हो”– पौड्यालले भने ।

यही हिसाबले नगरपालिकाले कर उठाएर नगर क्षेत्रमा लगानी गर्न करिब २० वर्ष जति लाग्ने पौड्यालको भनाइ छ । “हाम्रो आन्तरिक स्रोत भनेको १०–१२ करोड हो, उसले करिब ३ अर्ब लगानी गर्ने हो, अहिलेको करको हिसाबले त अझै हामीलाई २० वर्षपनि लाग्छ”– पौड्यालले भने, “त्यो भएकाले नगरपालिकाले आफ्ना जनतालाई करको धेरै भार नपारीकन संघीय सरकारबाट पैसा लिएर सिफारिस गर्ने अवस्था सिर्जना भयो ।” तेश्रो चरणको ठेक्का अझै नलागेको बताउँदै पौड्यालले भने, “अझै ठेक्का लागेको छैन कतिवर्षमा सक्ने भन्ने कुरा डिपिआर तयार भएर मापदण्ड अनुसार कति समय लाग्छ सोही अनुसार हुन्छ । यो योजना बहुवर्षीय योजना भएकाले हामीले प्राविधिक हिसाबले मूल्यांकन गर्ने हो”– पौड्यालले भने ।

दुई चरणका काम सकिएका छन् । “वृक्षरोपण सहितका सकिए, अबको तेश्रो चरण अन्तर्गतको लगानी हो”–पौड्यालले भने, “कुल लगानीमा १५ प्रतिशत हामीले ब्योहोर्नुपर्ने, अरू संघीय सरकारले लगानी गर्ने हो । आयोजना ब्यवस्थापक साकार श्रेष्ठले यो आउटपुट १, आउटपुट २, आउटपुट ३ भनेर तीन वटा भएको बताए । ३ मार्फत गुरुयोजना बनाउने तयारी भएको बताउँदै श्रेष्ठले भने, “सुरुमा ६ वटा उद्देश्य हो हाम्रो, २ वटा गुरुयोजना छनौटमा परेका छन् । जसमध्ये सडक सबै एडीबीले लगानी गरेको जोड्ने सडकको गुरुयोजना, दोश्रो भनेको डण्डा करिडोर हो । पर्यटकीय गेटदेखि बाइपासको डण्डा खोलाको पुलसम्म हो ।”

श्रेष्ठले अहिलेको चरणमा अब अन्तिम प्रतिवेदन १ हप्ता देखि १० दिनमा पेश हुने बताए । डण्डा करिडोरको गुरुयोजनाको समय २ महिनाको छ । गुरुयोजना शहरी विकास मन्त्रालय अन्तर्गत भइराखेको हो । आयोजना ब्यवस्थापक श्रेष्ठले पछिल्लो चरणमा ६५ किलोमिटर पठाउँदा धेरै लगानी भएकाले हाललाई अन्दाजी २६ किलोमिटर जतिको गुरुयोजना बन्दै गरेको बताए ।

एडिबीको लगानीमा हाल सिद्धार्थनगर नगरपालिकाको काम अगाडि रहेको श्रेष्ठको भनाइ छ । अहिलेको तेस्रो चरणको लगानीमा समेत सुरुमा सिद्धार्थनगर नगरपालिकामा एडीबीको लगानी हुने श्रेष्ठले बताए । यसअघि पनि सिद्धार्थनगरमा एडिबीको ‘आरयूडिपी’ र ‘आईयूडिपी’ आयोजना संचालन भइ सम्पन्न भएको थियो । आरयूडिपी आयोजना संचालनको क्रममा देशमै पूजिँगत खर्चको अवस्था निराशाजनक भएको बेला समयमै काम सम्पन्न गरेकाले एडीबीले सिद्धार्थनगरलाई उत्कृष्ट परियोजना व्यवस्थापन पुरस्कार समेत प्रदान गरेको थियो ।
नगरमा भौतिक पूर्वाधार निर्माण, राजश्व परिचालन, सहकारी, लघु उद्यम्, क्षमता अभिवृद्धि, नियमनकारी सेवा प्रवाह र कृषि पर्यटनलाई प्रमुख प्राथमिकतामा राखेर काम गरिएको उनको भनाइ छ । à

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?