ट्रेंडिंग:

>> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा >> आज एमालेको शक्ति प्रदर्शन: एक लाख मानिस उतार्ने दाबी >> जिल्लाको स्वास्थ्य कार्यालयबाटै हुन थाल्यो उपचार सिफारिस, स्वास्थ्य निर्देशनालय धाउनुपर्ने बाध्यता अन्त्य >> दुर्गा प्रसाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान >> पश्चिमी वायुको प्रभाव कायमै, यी चार प्रदेशमा आज वर्षाको सम्भावना >> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया

विद्यार्थीका उत्पादन प्रदर्शन गर्न लुम्बिनी इन्जिनियरिङ्ग कलेजमा भोलिदेखि ‘लेक एक्स्पो’

२१ पुष २०८०, शनिबार
२१ पुष २०८०, शनिबार

तिलोत्तमा, २१ पुस ।

लुम्बिनी इन्जिनियरिङ्ग, म्यानेजमेन्ट एण्ड साइन्स कलेज (लेक) भलवारीमा आइतबारदेखि लेक एक्स्पो–२०२४ सुरु हुने भएको छ । कलेजका निर्देशक तुलसीप्रसाद सापकोटाका अनुसार एक्स्पोको तयारी पूरा भएको छ । एक्स्पोमा विद्यार्थीहरुले निर्माण गरेका उत्कृष्ट प्रोजेक्टहरुको प्रदर्शनी गरिने निर्देशक सापकोटाले जानकारी दिए ।

शनिबार आयोजित पत्रकार सम्मेलनमा उनले विद्यार्थीले विभिन्न क्षेत्रको अनुसन्धान गरी तयार पारेका प्रोजेक्टहरु व्यवहारिक रुपमा प्रयोग गर्न सकिने बताए । दुई दिनसम्म सञ्चालन हुने एक्स्पोमा लुम्बिनी इन्जिनियरिङ कलेजमा अध्ययनरत विद्यार्थीले उत्पादन गरेका ५० वटा प्रोजेक्ट प्रदर्शन गरिने छ । सिभिल, कम्प्युटर र इलेक्ट्रिक एण्ड इलेक्ट्रोनिकतर्फका विद्यार्थीहरुले ५० वटा प्रोजेक्ट तयार पारेको कलेजका सदस्यसचिव डा.केएन पाण्डेयले जानकारी गराए ।

विद्यार्थीले विभिन्न क्षेत्रको अनुसन्धान गरी तयार पारेका प्रोजेक्टहरु व्यावहारिक रुपमा प्रयोग गर्न सकिने उनले बताए । कलेजमा अध्ययनरत विद्यार्थीहरुको क्षमता अभिवृद्धिसहित व्यक्तित्व विकास गर्ने र देशमा नयाँ प्रविधि भित्र्याउनसमेत टेवा पु¥याउने उद्देश्यले लेक एक्स्पो आयोजना गरिएको पाण्डेले बताए ।

एक्स्पोमा सिभिल विभागतर्फका २४, कम्प्युटर विभागतर्फका १४ र इलेक्ट्रिक एण्ड इलेक्ट्रोनिक विभागतर्फबाट १२ वटा प्रोजेक्ट राखिने छन् । विद्यार्थीले बनाएका प्रोजेक्टहरु घर, उद्योग तथा विद्यालय, सडक, कृषिलगायतका क्षेत्रमा प्रयोग गर्न सकिने कार्यक्रम संयोजक इन्जिनियर विष्णुचन्द्र झाँले बताए । विद्यार्थीहरूले आफ्ना प्रतिभा तथा क्षमता प्रदर्शन गर्न सकून् र पछि कुनै कम्पनी वा संस्थामा काम गर्दा मागअनुसार प्राविधिक उपकरण, वस्तु वा कम्प्युटर सफ्ट्वेयरको डिजाइन र विकास गर्न सकून् भनेर प्रविधि प्रदर्शनीलाई प्राथमिकता दिइएको उनले बताए ।

विद्यार्थीले केही नयाँ प्रोजेक्टहरु तयार गरेको र केही पुराना भएपनि नेपालमा प्रयोगमा नआएका प्रोजेक्टहरु तयार गरेका छन् । प्रोजेक्टहरु २२ गते र २३ गते बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म कलेज परिसरमा प्रदर्शन गरिनेछ । विद्यार्थीले तयार पारेका प्रोजेक्ट दुई दिनसम्म व्यवस्थित रुपमा स्टलहरुमा राखिने र उक्त प्रोजेक्टहरुको विश्वविद्यालयका पदाधिकारी, अभिभावक र सरोकारवालाले अवलोकन गर्ने कलेजले बताएको छ । १२ हजारले प्रोजेक्ट अवलोकन गर्ने कलेजको अपेक्षा छ । पत्रकार सम्मेलनमा इन्जिनियर कृष्णप्रसाद पराजुली, इन्जिनियर पंकज ठाकुर र सतिषकुमार कर्णले विद्यार्थीले तयार पारेका प्रोजेक्टका कामबारे जानकारी गराएका थिए ।

डिप्लोमादेखि मास्टर डिग्रीसम्म पूर्णतः इन्जिनियरिङ्ग पढाइ हुने यस कलेजमा हाल डिप्लोमा १४९, व्याचलरमा ६७५ र मास्टर डिग्रीमा ६० जना गरी जम्मा ८८४ जना विद्यार्थी अध्ययनरत रहेका छन् भने कलेजले विद्यार्थीहरूको प्रतिभा तथा क्षमता प्रदर्शन गर्न एक्स्पो आयोजना गर्दै आइरहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?