ट्रेंडिंग:

>> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने

क्रिश्चियन धर्म प्रचारकलाई कालोमोसो

२१ पुष २०८०, शनिबार
२१ पुष २०८०, शनिबार

कपिलवस्तु, २१ पुस

कपिलवस्तु नगरपालिका वडा नम्बर २ प्रहरी कार्यालय टोलको एक घरमा क्रिश्चियन धर्म प्रचार गरिरहेका दुई जनालाई कालोमोसो दलिएको छ । अबोध बालबालिकालाई झुक्याएर बाईवल पाठ गराएको र स्थानीय महिलालाई उपचारका नाममा झुक्याएको आरोप लगाउँदै महाकाल युवा शक्ति नेपालका कार्यकर्ता र स्थानीयले दुई जनालाई कालोमोसो दलेका हुन् । ७० जना महाकालका कार्यकर्ता र स्थानीयले प्रहरी कार्यालय नजिकैको घरमा रहेका क्रिश्चियन धर्मप्रचारक कृतिराज ढुंगेल र उनका सहयोगी मनोज कहाँरलाई कालोमोसो दलेका थिए ।

आफुहरु जनवरी २२ मा अयोध्या राम मन्दिरमा हुने प्राण प्रतिष्ठाको कार्यक्रमलाई सफल पार्ने सन्दर्भमा तौलिहवा आएका बेला स्थानीयबाटै क्रिश्चियन धर्मको प्रार्थना बारे जानकारी पाएको महाकाल युवा शक्ति नेपालका केन्द्रीय महासचिव प्रेम योगीले बताए । हिन्दु समुदायका अबोध बालबालिकालाई बाईबल पाठ गराईराखेको र स्थानीय महिलालाई उपचारको नाममा प्रभाव पारेर प्रार्थना गराएको खबर पाएपछि आफुहरु त्यहाँ पुगेको उनले जानकारी दिए ।

“स्थानीयले खबर गरेपछि हामी महाकालका ७० जना कार्यकर्ता त्यहाँ पुगेका थियौ । अबोध बालबालिकालाई झुक्याएर बाईबल पढाउँदै गरेको र महिलाहरुलाई प्रार्थनाले रोग निको हुने आश्वासन दिएको भेटेपछि स्थानीयले कालोमोसो दलेका हुन्” महासचिव योगीले भने । महाकालका कार्यकर्ता र स्थानीयले कालोमोसो दलेर नगर घुमाउने योजना बनाउँदै गर्दा उनीहरुलाई जिल्ला प्रहरी कार्यालयको प्रहरी टोलीले तत्काल उद्दार गरेको थियो ।

राष्ट्रमा सबैलाई आफ्नो धर्म मान्ने स्वतन्त्रता भए पनि अरुको धर्ममा प्रभाव पार्ने छुट कसैलाई नभएको जनाउँदै यस्ता कार्यको प्रतिवाद हुन आवश्यक रहेको महाकाल युवा शक्ति नेपालका केन्द्रिय अध्यक्ष धर्मराज बिकले बताए । घटनाबारे जानकारी पाएपछि तत्कालै प्रहरीले कालोमोसो दलिएका व्यक्तिको उद्दार गरेको र घटना बारे थप अनुसन्धान अगाडि बढाईएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरि बहादुर वलीले जानकारी दिए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?