Butwal Today

आजको मौसम : उच्च भूभागमा हिमपातको सम्भावना, तराईमा हुस्सु र कुहिरो

२० पुष २०८०, शुक्रबार
अ+
अ-

काठमाडौँ ।

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावस्वरुप यतिबेला देशको पहाडी भूभागमा आंशिक बदलीको अवस्था छ। तराईका धेरै स्थानलाई यतिबेला हुस्सु र कुहिरोले ढाकेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागको एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

शुक्रबार दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदलीकै अवस्था रहनेछ। देशका बाँकी भूभागको मौसम भने सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

आज राति कोशी, मधेश, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली हुनेछ। त्यस्तै राति कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागको एक-दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

शनिबार पनि कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी भू(भागमा आंशिक बदली भएर उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना छ।