© २०२३
सुर्खेत, १७ पुस ।
गएको शुक्रवार काठमाडौस्थित बालकुमारीमा प्रहरीको झडपको क्रममा मारिएका सुजन रावतको शव मंगलबार दैलेख पुगेपछि यतिबेला जिल्ला शोकमा डुबेको छ । कोरियन भाषा परीक्षाका लागि आवेदन दिन काठमाडौं पुगेका दैलेखका २३ वर्षीय रावतको शव बाकसमा फर्किएपछि उनका परिवार तथा आफन्तजनहरु शेकमा छन् ।
युवाहरूले ईपीएस शाखा कार्यालय बालकुमारी नजिकै भएको आन्दोलनमा ज्यान गुमाएका सुजनको शव नेपाली सेनाको हेलिकोप्टरमार्फत दैलेख पु¥याइएको हो । सेनाको हेलिकोप्टर सुजनको शवको पु¥याइना साथ उनका आफन्तहरू भक्कानिए ।
श्रीमान् गुमाएको वर्ष दिनमै छोरा गुमाउँदा भावविह्वल बनेकी नन्दा कटुवाल (रावत) छोराको शव देख्नासाथ सम्हालिन गाह्रो भयो । उनलाई आफन्तहरूले सान्त्वना दिने प्रयास गरिरहेका देखिन्थे ।
बुवा बितेपछि आमा, बहिनी र भाइको पालनपोषण गर्ने जिम्मेवारी बोकेका सुजनको मृत्युले आफन्तहरूमा सन्नाटा छाएको छ । श्रद्धाञ्जली दिन उपस्थित भएकाहरू पनि भक्कानिदै रोएका थिए ।
गएको शुक्रवार बालकुमारीमा प्रहरीको झडपमा परी दुई युवाको ज्यान गएको विषयलाई लिएर कर्णालीमा युवाहरु प्रद्धर्शन गर्नुका साथै उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको पुत्ला जलाएका थिए । सरकार र पीडित पक्षबिच सहमति भएपछि आन्दोलनका कार्यक्रमहरु स्थगित गरिएको हो ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी