© २०२३
बुटवल, १७ पुस ।
बुटवलमा बसको ठक्करबाट साईकल यात्रीको मृत्यु भएको छ। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका अनुसार बुटवलबाट भैरहवातर्फ जाँदै गरेको लु १ ख ३३७४ नं. को बसले साईकलयात्रीलाई ठक्कर दिएको थियो।
दिउसो सवा तिन बजेतिर बुटवल ८ मिलनचोकमा भएको उक्त दुर्घटनामा साईकलयात्री अन्दाजी ४० वर्षीय पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ।
ठक्कर दिएपछि बसको चक्कामुनि परेका साईकलयात्रीको टाउको क्षतविक्षत बनेको र उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
मृतक व्यक्तिको पहिचान भने अझै खुल्न सकेको छैन। अहिले प्रहरीले मृतकको शवलाई लुम्बिनी प्रादेशिक अस्पतालमा राखेको छ भने ठक्कर दिने बस र चालकलाई ईलाका प्रहरी कार्यालय बुटवलले नियन्त्रमा लिएको जनाएको छ