Butwal Today

गुरुङहरुको महानपर्व ल्हा्सार भव्यरुपमा मनाइयो

१६ पुष २०८०, सोमबार
अ+
अ-

बुटवल ।

तमु ह्युल छोज धि गुरुङ राष्ट्रिय परिषद रुपन्देहीले गुरुङहरुको महान पर्व मुप्री ल्हो (गिद्ध वर्ग) २०८० ल्होसार भव्य रुपमा सम्पन्न गरेको छ ।

कार्यक्रमको एक समारोहका बिच बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले उदघाटन गरेका थिए । त्यस अवसरमा उनले ल्होसार पर्वले गुरुङ जातिहरुको भाषिक पहिचान भेषभुषा, संस्कार, संस्कृतिलाई जोगाई राखेको र यी यस्ता कार्यक्रमले पक्कै पनि जातिय भाषिक पहिचानमा टेवा पुग्ने बताउँदै पछिल्ला पुस्ता सम्म यस्लाई संरक्षण गर्दै लैजानु पर्ने बताए ।

“हामी सबैले सबैको संस्कार, संस्कृतिलाई सम्मान गर्नु पर्छ”– उनले भने । गुरुङ समुदायले आफ्नो भाषालिपिलाई बचाई राख्नु पर्नेमा जोड दिनु पर्ने पाण्डेयले बताए । गुरुङहरुको मृत्यु पश्चात अन्त्येष्टि गरिने समाधी स्थल गुरुङ डांडा पुग्ने बाटो निर्माणका लागि उपमहानगरपालिकाबाट केही बजेट बिनियोजित गरेको पनि उनले बताए ।

कार्यक्रममा तमु ह्युल छोज् धि गुरुङ राष्ट्रिय परिषदका पुर्व केन्द्रीय सरक्षक समितिका सभापति माया गुरुङ, तमु सन्चारकर्मी संघका केन्द्रीय सचिव कुमार गुरुङ, भाषा खेमालिपीका निर्माता बालनर्सिङ गुरुङ, तमु ह्युल छोज धि गुरुङ राष्ट्रिय परिषद जिल्ला माङी अध्यक्ष जुनु गुरुङ, तमु ह्युल छोज धि बुटवल नगर समिति अध्यक्ष बुद्धि प्रसाद गुरुङ, जनजाती महासंघ रुपन्देहीका अध्यक्ष चित्रलाल तुलाचन, थारु कल्याणकारी सभा जिल्ला अध्यक्ष कमल नारायण चौधरी, नेपाल मगर संघका लुम्बिनी प्रदेशका वरिष्ठ उपाध्यक्ष जनक थापा मगर, तमु विद्यार्थी रुपन्देहीका पुर्व अध्यक्ष सुशील गुरुङ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा राष्ट्रिय लोक दोहोरी गायिका सपना गाहा मगर, गायक दिपक दर्लामी र गायिका लालमाया थापाले साङ्गितिक प्रस्तुतीका साथै स्थानीय कलाकारहरुले गुरुङ गितमा नृत्य प्रस्तुत गरेका थिए ।

परिषदका जिल्ला अध्यक्ष बिमला गुरुङ र तमु ह्युल छोज धि गुरुङ राष्ट्रिय परिषदका केन्द्रीय सदस्य एवं लुम्बिनी प्रदेश प्रमुख झप्पट गुरुङले कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने समाजसेविहरुलाई खादा लगाएर सम्मान गरेका थिए ।

तमु युवा ह्युल छोज धि लुम्बिनी प्रदेशका अध्यक्ष अर्जुन गुरुङ्कको संयोजकत्वमा भएको छेलो खेल बुटवल उपमहानगर प्रमुख खेलराज पाण्डे र परिषदका रुपन्देही माङी अध्यक्ष जुनमाया गुरुङले संयुक्त छेलो फालेर प्रतियोगिताको सुरुवात गरेका थिए ।

प्रतियोगितामा पवन गुरुङ प्रथम, कमल गुरुङ द्वितीय, कोशिष गुरुङ तृतीय र जेनिषा गुरुङ सान्त्वना भएका छन् । कार्यक्रममा जिल्ला अध्यक्ष विमला गुरुङ, र उपाध्यक्ष गंगा गुरुङ, सचिव ओम प्रकाश गुरुङलगायते पनि मन्तव्य व्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?