© २०२३
भैरहवा, १४ पुस ।
लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले संघीयताले असहजलाई सहज बनाउने बताएका छन् । केन्द्रीकृत शासनलाई घर घरसम्म पुर्याउने शासन नै संघीयता भएको उनले बताए । लुम्बिनी प्रेस क्लबको ९ औं स्थापना दिवस कार्यक्रममा बोल्दै सभामुख घर्तीले नेपालको संघीयताको मोडल नेपाल र जर्मनमा बाहेक अन्त कुनै देशमा नभएको बताए । चिनमा एकात्मक शासन प्रणाली छ । भारतमा दुई तहको शासन प्रणाली र नेपालमा तीन तहको संघीयता शासन प्रणाली भएको बताउंदै भारतमा संघीय शासन प्रणालीले गरी दुई मुलुकको बिचमा स्वाधिन मूलक नेपाल बिचमा रहेको बताए ।
शासन प्रणाली आफैमा नराम्रो नरहेको बताउँंदै सभामुख घर्तीले कहिले कसो नेपालमा दक्षिणको राजनीतिले प्रभाव पार्ने बताए । नेपालमा संघीयताको विषयमा अझै टीकाटिप्पणी गर्ने समय नभएको उनको तर्क थियो । भर्खर जन्मेको ६ बर्षको बच्चा कसरी दौडिन सक्छ ? सभामुखले प्रश्न गरे ।
ब्युरोक्रेसीले राजनीति गर्दा बिग्रेको बताउंदै घर्तीले नेताले नेताको काम नगर्ने कर्मचारीले कर्मचारीकोरुपमा काम नगर्दा देश बिग्रेको बताए ।
यो ब्यबस्थामा सबै खराब नरहेको बताउंदै सभामुख घर्तीले राजनीतिमा आउने सबै खराब नहुने तर्क गरे ।
लुम्बिनी प्रदेशका सामाजिक बिकास मन्त्री चन्द्रप्रकास गुप्ता (सिके) ले विकसित मुलुक बनाउन आजैबाट सुरुवात गर्नुपर्ने बताए । कुनै नेताले राम्रो गर्न सके त्यही पार्टीबाट असहयोग हुने उनको तर्क थियो । सत्तामा मात्रै कसरी टिकिइरहने भन्ने मात्रै नेतामा चिन्ता भएका कारण आज युवा पलायन भएको बताए ।
सिद्धार्थनगर नगरपालिकाका नगरप्रमुख इस्तियाक अहमद खानले पर्यटकलाई टिकाउनका लागि सवैले मिलेर काम गर्नुपर्ने बताए । सिद्धार्थनगर नगरपालिका पर्यटकीय सहर बनाउन सबैको सहयोगको अपेक्षा गर्दै खानले पर्यटकलाई अतिथि कोरुपमा व्यवहार गर्नुपर्ने बताए ।
नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका महासचिव विक्रम खड्काले पत्रकारले पेशागत धर्म निभाउनु पर्ने बताए । राज्य सत्ताको सन्चार सदैब विपक्षमा रहनुपर्ने बताउंदै क्षमता वृद्धिका कार्य गर्नु पर्ने बताए ।
नेपाल पत्रकार महासंघ रूपन्देहीका अध्यक्ष रामराज पोख्रेलले पछिल्लो समयमा पत्रकार कति आलोचक र प्रशंसक हुनेमा सचेत नभएको बताए ।
लुम्बिनी प्रेस क्लबका कार्यबाहक अध्यक्ष कमल रायमाझीले क्लब सदैब गतिशिलरुपमा सन्चार यात्राको कार्यमा कृयाशील भएको बताए ।
सिद्धार्थनगर नगरपालिकाका उप प्रमुख उमा अधिकारीले सामुहिकरुपमा गर्ने राम्रा कार्यलाई सबैले अपनत्व लिनुपर्ने बताइन् ।
उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण शर्माले राज्यले उद्योगीलाई बचाउने, लामो समय टिक्ने नीति बनाउनु पर्ने बताए । राज्यले राजस्व मात्रै लिने उद्योगको बिकासका निम्ति भुमिका नखेल्दा उद्योगी धारासायी बनेको तर्क गरे ।
लुम्बिनी प्रेस क्लबका निबर्तमान अध्यक्ष नरेश केसीले लुम्बिनी प्रेस क्लब पत्रकारिताको क्षेत्रमा कृयाशिल भएको बताउंदै पत्रकारका हक हितका निम्ति सदैब तत्पर रहेको बताए ।
यसैगरी लुम्बिनी प्रेस क्लबले ९ औं स्थापना दिवसको अबसरमा लुम्बिनी प्रेस रत्न २०८० अवार्डबाट २५ हजार नगद राशी सहित प्रेस क्लबका सल्लाहकार मनोरञ्जन शर्मालाई सम्मान गरेको छ । त्यसैगरी प्रेसिडेन्टियल अवार्डबाट प्रेस क्लबका पुर्ब अध्यक्ष दिपेश पछाइलाई ११ हजार नगद राशी सहित सम्मानित गरेको छ ।
लुम्बिनी प्रेस क्लबले भैरहवाबाट लुम्बिनीसम्म गरेको मौन पद यात्रामा भैरहवा देखि लुम्बिनी सम्म पुगेका ब्यक्तिहरुलाई प्रशंसा पत्रले सम्मान गरेको थियो ।