ट्रेंडिंग:

>> कोशी प्रदेशसभा अधिवेशन अन्त्य >> प्रकाश तिमी नपढेर हरायौ । >> प्रधानमन्त्री ओली न्युयोर्कमा >> तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन >> ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा >> नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति >> चाडबाडमा बजार अनुगमनलाई नियमित गरिने >> भगवानको प्रतीक गोधनी ट्याटु >> दुना–टपरी उद्योगः गरिबी न्यूनीकरण र वातावरण संरक्षणको उदाहरण >> कार्यालय सदरमुकाममै राख्नुपर्ने भन्दै ध्यानाकर्षण >> किताब बेच्ने मान्छे ! >> पुलको डिजाइनमा समस्या देखाउँदै ठेकेदार >> वलीको प्रेरणादायक उद्यम यात्रा >> अन्तरिक्षमा अन्तरिक्ष यात्रीको जीवन कस्तो हुन्छ ? >> राजापाक्षे भागेपछि श्रीलंकामा आज पहिलो राष्ट्रपति निर्वाचन हुँदै >> एरिका एसियन कराते च्याम्पियनसिपको फाइनलमा पुग्ने पहिलो नेपाली खेलाडी >> देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा धेरै वर्षाको सम्भावना >> दशैँको टीकाको साइत ११ बजेर ३६ मिनेटमा >> अनेरास्ववियु रुपन्देही संगठन विस्तारमा : बुटवल र तिलोत्तमाको नगर अधिवेशन सम्पन्न >> राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ति बुटवललाई >> माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु >> रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी >> राजश्व बाँडफाँड कर्णालीका लागि न्यायोचित छैन: मुख्यमन्त्री कँडेल >> लिस्नु क्वाटरफाईनलमा >> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित >> बुटवलमा निजी संस्थाले आफ्नो प्रचारका लागि सरकारी अस्पतालको नाम जोडेका सामग्री हटाउँदै  >> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस >> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण

लुम्बिनी इन्टीग्रेटेड एकेडेमीले सुरु गर्यो वन विज्ञान र बिएएलएलबीको पठनपाठन

१३ पुष २०८०, शुक्रबार
१३ पुष २०८०, शुक्रबार

बुटवल, १३ पुस ।

लुम्बिनी इन्टीग्रेटेड एकेडेमीले बिएसस्सी वन विज्ञान र बिएएलएलबीको पठनपाठन सुरू गरेको छ । रूपन्देहीको तिलोत्तमामा रहेको एकेडेमीले शुक्रबार मणिग्राममा अभिमुखीकरण कार्यक्रम गर्दै यसबारे जानकारी गराएको हो ।

पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त एकेडेमीले वन विज्ञान र बिएएलएलबीको पढाई सुरू गरेको हो । एकेडेमीका अनुसार लुम्बिनी प्रदेशमै पहिलोपटक वन विज्ञानको पढाई सुरु भएको हो ।

कलेजको उदघाटन गर्दै पूर्वाञ्चल विश्वविद्यायका उपकुलपति प्रा.डा. यादवराज कोइरालाले गुणस्तरीय शिक्षामा जोड दिन आग्रह गरे । ४८ जनाको सिट संख्या रहेको वन विज्ञान ४ वर्षे कोर्ष हो । एकेडेमीका अनुसार ८ वटा सेमेस्टर रहेको यो कोर्षको पढाईका लागि ७ लाख रूपैयाँ खर्च लाग्ने गर्छ । कक्षा ११ र १२ मा विज्ञान विषय पढेकाहरूले ब्याचलर वन विज्ञान पढ्न सक्छन् । त्यस्तै ५ वर्षे बिएएलएलबी पढ्न ६ लाख रूपैयाँ खर्च लाग्ने एकेडेमीले जानकारी दिएको छ ।

एकेडेमीका बोर्ड सदस्य पुरन केसीले दुवै विषयको यस क्षेत्रमा आवश्यकता महशुस गरी पढाई सुचारू गर्न लागिएको बताए । उनले प्राविधिक क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्न आफूहरू जुटेको बताए । कलेजका अध्यक्ष डा. घनश्याम पाण्डेले नयाँ र खोजी भइरहेको विषय यस क्षेत्रमा सञ्चालन भएपछि विद्यार्थीहरू पढनका लागि टाढा जानुपर्ने बाध्यता अन्त्य हुने बताए ।

कलेजका अध्यक्ष डा.घनश्याम पाण्डेले पछिल्लो समय स्नातक तहमा पढाई हुने कलेजहरुमा विद्यार्थीको संख्या घटिरहेकोले यस्ता विषयले विद्यार्थीहरुमा आकर्षण बढ्ने बताए ।
उद्घाटन समारोहमा कलेजका निर्देशक केपी पन्त, नेपाल बार एशोसिएसनका उपाध्यक्ष पशुपति भण्डारी लगायतले कलेजको सफलताको शुभकामना व्यक्त गरेका थिए । उद्घाटन समारोहमा विद्यार्थीहरूलाई अभिमुखीकरण समेत गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?