© २०२३
सूचना तथा सञ्चार प्राविधिको प्रयोग गरी रूपन्देहीको रोहिणी गाउँपालिकाले नगरका महत्वपूर्ण क्षेत्रको निगरानी र सुरक्षा अत्याधुनिक सीसी क्यामराले गर्दै आएको छ । अपराध नियन्त्रणमा सिसी क्यामरा प्रभावकारी देखिएपछि पालिका क्षेत्रमा रहेका व्यस्त क्षेत्र, मुख्य मार्ग, विद्यालय, प्रशासनिक तथा वडा कार्यालय, स्वास्थ्य चौकी क्षेत्रको सीसी क्यामेराबाट निगरानी गर्न थालिएको हो ।
सेवाप्रदायक कार्यालयहरूमा सुशासन र पारदर्शीताको लागि प्रदान गर्ने सेवा सुविधालाई चुस्तदुस्त पार्न कार्यालयको निगरानीको लागि सिसि क्यामरा जडान गरिएको गाउँपालिकाले जनाएको छ । कार्यालय वा सडकमा हुने गतिविधि निगरानी गर्ने उद्देश्यले पालिकाले सीसी क्यामरा जडान गरी नियमन गरिरहेको रोहिणी गाउँपालिकाका अध्यक्ष विद्याप्रसाद यादवले बताए ।
क्यामरा जडानपश्चात कार्यालयको कामलाई चुस्तदुस्त र पारदर्शी बनाउन सहयोग पुगेको र सबाट कर्मचारीले सेवाग्राहीको कामकाज चुस्तदुरुस्त रूपमा गरे नगरेको निगरानी गर्न सजिलो भएको यादवले बताए । “सिसी क्यामेरा जडानपछि गाउँपालिकाको कामलाई चुस्त दुरुस्त बनाउन र पारदर्शी गर्न सहयोग पुगेको छ”–उनले भने ।
शैक्षिक गुणस्तरमा सुधार, विद्यालयमा भौतिक पूर्वाधार निर्माण, सडक निर्माण जस्ता कार्यलाई गाउँपालिकाले प्राथमिकता दिंदै आएको छ । जनतालाई नजिकबाट सेवा सुविधा प्रदान गर्ने उद्देश्यले गाउँपालिकाबाट विभिन्न कार्यक्रम सञ्चालन गरिएको अध्यक्ष यादवले बताए । धर्म संस्कृतिको संरक्षणमा ध्यान दिने भन्दै उनले गाउँपालिकाका प्रत्येक विद्यालयमा सीसीटिभी क्यामेरा जडान गर्ने योजना रहेको सुनाए । रोहिणी गाउँपालिकामा अस्पताल र क्याम्पस नभएकाले समस्या परिरहेको भन्दै पालिकाले यसलाई प्राथमिकतामा राखेर अघि बढाइरहेको यादवले जानकारी दिए ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीप्रसाद गौतमले गाउँपालिकाको एक्लो प्रयासले मात्र विकास सम्भव नहुने भन्दै यसका लागि नागरिकलाई पनि सँगसँगै विकासमा डोयाउने काममा पालिका अग्रसर रहेको बताए ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी