© २०२३
बुटवल ।
नेपाल तमु विद्यार्थी छोज धि लुम्बिनी प्रदेशले गुरुङ जातिहरुको ल्होसार पर्वको आगमन संगै शुभकामन स्यौरा साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।
लुम्बिनी प्रदेशका उपाध्यक्ष सुदिप गुरुङको संयोजकत्वमा तमु ह्युल छोज धि गुरुङ राष्ट्रिय परिषदको प्राङ्गण रामनगरमा मंगलबार भएको कार्यक्रममा तमु विद्यार्थीहरुले आफ्नो मौलिक भेषभुषामा गुरुङ गितहरुमा नृत्य प्रस्तुत गरेका थिए ।
स्यौरा (संकलन) कार्यक्रम हरेक बर्ष यसरी नै ल्होसार पर्वको आगमन संगै गुरुङ समुदायले खेल्दै आएको र यसबाट संकलन गरिएको रकम संस्थागत र सामाजिक कार्यमा लगाईने संयोजक सुदिप गुरुङले जानकारी दिए । कार्यक्रममा ल्होसार मुल संयोजक परिषदका जिल्ला अध्यक्ष विमला गुरुङले पुस १४ गते शहरी विकास मन्त्री सीता गुरुङको प्रमुख आतिथ्यतामा र १५ गते बुटवल उपमहानगर पालिका प्रमुख खेलराज पाण्डेको प्रमुख आतिथ्यतामा गुरुङहरुको महान पर्व मुप्री ल्हो (गिद्ध ) वर्ग ल्होसार कार्यक्रम सम्पन्न गर्ने गरी सम्पूर्ण तयारी पूरा भइसकेको बताईन् ।
त्यसैगरी तमु ह्युल छोज धी गुरुङ राष्ट्रिय परिषद रुपन्देही र नियमित रक्तदाता संघको सहकार्यमा पुस १२ गते बिहान ८ बजे परिषद कार्यलयको प्राङ्गणमा रक्तदान कार्यक्रममा सहभागी भई इच्छुक सबैले रक्तदान गरी सहयोग गरिदिन कार्यक्रम संयोजक शेरजङ (ईश्वर) गुरुङले आग्रह गरे ।